Author: नेपाल राज्य
काठमाडौं– नेकपा (माओवादी) केन्द्रको बैठकले केन्द्रीय सचिवमा अर्घाखाँची अर्घामा जन्मिएका डिलाराम आचार्यलाई जिम्मेवारी दिएको छ । २०५६ सालमा तत्कालिन अर्घाखाँची निर्वाचिन क्षेत्र १ बाट सांसदमा विजयी भएका थिए । एमालेको सहयोगमा सांसद भएका थिए । उनी राष्ट्रिय जनमाेचाका महासचिव भए । शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि पाटी अध्यक्ष पुष्पकमल दाहाल नजिक भएका पाटी संगठनमा काम गर्दै आएका छन् । आज काठमाडौमा बसेको पाटी बैठकबाट उनलाई सचिव पदको जिम्मेवारी दिइएको हो । आचार्य माओवादी केन्द्रमा लोकप्रिय नेता हुन । उनको भाषण तर्क संगत हुने गर्छ ।
तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिको बृहत अन्तरक्रिया ‘कांग्रेस उम्मेदवारलाई जिताउन सबै एकजुट होऔं’
काठमाडौं– कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौमा बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सांस्कृतिक संघको सभाहलमा भएको बृहत कार्यक्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस उम्मेदवार जिताउन तरुण दल कटिबद्ध भएर लाग्ने प्रतिबद्धता बोल्ने वक्ताहरुले जनाएका छन् । दलका अध्यक्ष विकास खनालले आउँदो चुनावमा गठबन्धन र कांग्रेस उम्मेदवारलाई जिताउन तरुण दल एक भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस पूर्वकेन्द्रीय सदस्य तथा संघीय सांसद मानबहादुर विश्वकर्माले देशभर ५ दलीय गठबन्धन भएर चुनाव लड्ने भएकाले अर्घाखाचीमा कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । तीन…
गुल्मी। गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए। आज बिहान १० बजे गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए। अन्दाजी ६० वर्षीया महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुँवरले जानकारी दिए । शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान हुन नसकेको जनाएको छ । अहिले घटनास्थलमा हस्तिचौर प्रहरी चौकीका प्रहरीले अनुसन्धान गरिरहेका छन्।
चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०/२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले यस्तो बताएका हुन् । एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने उनले बताए । उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेका बताए । रायमाझीले भने ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रवृत्तिलाई के भन्ने ? कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने…
नेपाल राज्य संवाददाता काठमाडौ– उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उनकी ९१ वर्षीय आमा शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो । दिवंगत शारदा गौतम नेपाली कांग्रेसको संस्थापक मध्येका एक, नेपालका प्रथम जननिर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशिनाथ गौतमकी जीवन संगिनी हुन । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारजनले बताएको छ ।
शोभाखर पन्थी अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हाम्रा चाडपर्व नेपाली संस्कृतिका धरोहर भएको बताए । साना किसान कृषि सहकारी संस्था लिमिटेड सनपा-७ खाँचीकोट द्वारा सन्धिखर्कमा आयोजित अन्तर समुह तीज गीत प्रतियोगिताको सन्धिखर्कमा उद्घाटन गर्दै उनले नेपाली कला , संस्कृति संसारमै उत्कृष्ट भएको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । तडक भडक र अनावश्यक खर्च कटौतीगरी सामाजिक र पारिवारिक वातावरणमा हर्षोल्लासमय रुपमा चाडपर्व मनाउनु पर्नेमा उनको जोड थियो । नगरप्रमुख श्रेष्ठले अब तीजमा महिला अधिकार ,महिला सशक्तीकरण ,समाजिक न्याय,अग्रगमनका अतिरिक्त बिकास र समृद्धिका गित गाउनु पर्ने बताए । उनले सन्धिखर्कलाई नमुना नगर वनाउने गरी…
रोल्पा । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालमा एमाले बाहेकका सबै पार्टीहरु लक्ष्य र उद्देश्य बिनाको बाटो हिडिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी रोल्पाले बुधबार सदरमुकाम लिबाङ्मा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रायमाझीले यस्तो बताएका हुन् । उनले अहिले सत्तामा रहेका पार्टीहरुमा कुनै पनि राजनीतिक लक्ष्य र उद्देश्य बिनानै खाली सत्ताको फाइदाको लागि मात्र लागेको बताए । यो देशका नागरिकहरुले सरकार छ भन्ने महशुल गर्न समेत नपाएको उनले बताए । ‘अहिलेको गठबन्धन सरकारले जनताको लागि जनपक्ष काम गर्नुको साटो आफ्नो आफन्तीलाई सेटिङ गर्ने, अनियमिता र भ्रष्टाचार गर्ने, महंगी वृद्धि गर्ने र सत्ता टिकाउनका लागि…
नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस अर्घाखाँचीले आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको लागि तयारी स्वरुप पालिका स्तरमा छलफल चलाउने भएको छ । पाटी संगठनको अवस्था, समसामयिक विषयवस्तुको बारेमा छलफल र चुनावको तयारीको बारेमा व्यापक छलफल गर्नेछ । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले भदौ ६ गते शितगंगा, ७ गते भुमिकास्थान, ८ गते मालारानी, ९ गते पाणिनि, १० गते छत्रदेव र १२ गते सन्धिखर्कमा पालिका स्तरीय रुपमा पाटी सभापति, पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य तथा कांग्रेस कार्यकर्ताबीच व्यापक छलफल गरिने बताए । ‘पाटीको आन्तरिक छलफल र चुनाव केन्द्रित अन्तरक्रिया गर्छौ,’ श्रेष्ठले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भनेर…
रूपन्देही । जनता समाजवादी पार्टी (जसपा)बाट निर्बाचित लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री विजय यादव आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बाँके जिल्लाकाे २ काे १ बाट निर्वाचित प्रदेश साम्सद यादबलाइ नेकपा (एमाले) केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिस्वकर्मा लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन् । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा जसपाबाट मन्त्री बनेपछि उनलाई जसपाले सांसदबाट हटाउन गरेकाे सिफारिस अनुसार उनकाे सांसद पद गएकाे थियाे ।
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं २ फूलबारीचोकमा रहेको कारिकोट होटलमा एक जोडी रहस्मय तरिकाले मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार धादिङ्गको कुमपुर(५ ठेगाना भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी पुष्पा नामले बोलाइले अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्। पुरुषको शव होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा र महिलाको शव बिस्तारमा रगताम्य अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार ती महिला डेढ महिनाअघि नेपालगन्ज घरबाट दांग जान्छु भनेर हिंडेपछि हराएको हुनसक्ने अनुमान छ । इप्रका बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले भने–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन्…
