नेपाल राज्य संवाददाता
काठमाडौ– उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उनकी ९१ वर्षीय आमा शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो । दिवंगत शारदा गौतम नेपाली कांग्रेसको संस्थापक मध्येका एक, नेपालका प्रथम जननिर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशिनाथ गौतमकी जीवन संगिनी हुन ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारजनले बताएको छ ।