नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेस नेता एवं शितगंगा नगरपालिका निवर्तमान प्रमुख सुर्यप्रसाद अधिकारीले एमालेकै कारण शितगंगा विकासमा धेरै पछाडी धकेलिएको बताए । क्षेत्रफलका हिसाबले देशकै ठूलो र धेरै दुर्गम भूगोल भएको नगरपालिकालाई विशेष क्षेत्र बनाउन लाग्दा एमाले सरकारले सहयोग नगरेको उनले बताए ।
शितगंगा नगरपालिकाको वडा १२ रजियामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अधिकारीले कतिपय विकास निर्माणका काममा आफु नगर प्रमुख भएका बेला काम गर्दा असहयोग गरेको बताए । उनले मंसिर ४ पछि गठबन्धनको सरकार बन्ने र विकासका योजना धेरै भित्रिने दावी गरे ।