Author: नेपाल राज्य

नेपाल राज्य संवाददाता अर्घाखाँची- शितगंगा नगरपालिकाको दुर्गम बस्ती कल्लेरीमा बस पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । अब बसमा यात्रा गरेर नगरपालिकाको कार्यालय ठाडा, तराई र बुटवल आउजाउको लागि सहज भएको छ । कृष्णनगर- चक्ला-भाविन-गल्धा-जुकेना-देउराली-फुर्सामाटा हुँदै मगराकल्लेरी बस सुचारु गरिएको छ । एक कार्यक्रमका बीच नगरप्रमुख छविलाल पौडेलले रिवन काटोर बस सञ्चालन भएको जानकारी गराए । यातायातलाई अब सहज बनाइएको पौडेलले बताए । कार्यक्रममा उपप्रमुख गिता भाट, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– प्रदेश सांसद रामजीप्रसाद घिमिरेले अर्घाखाँची प्रदेशसभा (२) २ बाट दोस्रो पटक निर्वाचित भएपछि अबको पहिलो प्राथमिकतामा राखेर अर्घाखाँची अस्पताललाई ५० वेडको बनाउन भुमिका खेल्ने बताए । प्रदेश सरकारबाट अस्पतालको ५० वेडको स्वीकृत भैसकेको छ । अब भौतिक संरचना निर्माण गरेर विशेषज्ञ डाक्टर सहितको सुविधा उपलब्ध गराउने उनले बताए । बुटवलमा हुने स्वास्थ्य सेवा जिल्लामै गराउने आफ्नो पहिलो ध्यान रहेको घिमिरेले बताए । ५० वेडको अस्पतालमा ९ जना विशेषज्ञ डाक्टर रहने व्यवस्था छ ।

Read More

रुपन्देही । संस्थापन पक्षमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकटका सांसद अब्दुल रज्जाकले लुम्बिनी प्रदेश संसदीय दलको नेतृत्वका लागि गुट परिवर्तन गरेका छनन् । उनी शेखर कोइराला पक्षमा लागेपछि इतर समूह उत्साहित भएको छ । रज्जाक संस्थापनइतरको बैठकमा उपस्थित हुन थालेका छन् । लुम्बिनीमा कांग्रेसका २७ सांसद छन् । यहाँ संस्थापन समूहका बहुमत १५ सांसद छन् । लुम्बिनी प्रदेश समितिमा भने संस्थापन इतरको वर्चश्व छ ।यसअघि संघीय सांसद तथा राज्यमन्त्री बनिसकेका रज्जाक नेता खाणको बलियो खम्बा मानिन्थे ।

Read More

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले अंग्रेजी नयाँ वर्ष २०२३ तथा टोपी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन । अंग्रेजी नयाँ वर्षको अवसरमा शनिबार पार्टीको तर्फबाट शुभकामना सन्देश जारी गर्दै अध्यक्ष भुसालले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ एमाले आएको बताएका हुन । नेकपा (एमाले ) जिल्ला अध्यक्ष भुसालले भने “ हाम्रो परम्परा बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने भएपनि अङ्ग्रेजी नयाँ वर्ष विश्वभर मान्यता पाएको छ । नयाँ वर्ष सन् २०२३ तथा टोपी दिवसको अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको…

Read More

वीरेन्द्र केसी अर्घाखाँची — पाणिनि गाउँपालिका–२, पोखराथोकका वडाध्यक्ष एवं कृषक चन्द्रकान्त पौडेलले बारीमा फलेका सुन्तला विगतमा बोटमा नपाक्दै बिक्री गरिहाल्थे । छिटोछिटो बुटवल र तराईका व्यापारीलाई कम मूल्यमै निर्यात गरिसक्थे । अहिले बिक्री गर्न हतार छैन । बाटमै पहेंलपुर हुन दिएर छिप्याउने र टिपेर सिधै स्टोरमा राख्ने गरेका छन् । ‘यो बेला सिजन भएकाले जहाँ पनि सुन्तला पाइन्छ, त्यसैले छिटफुट मात्रै बिक्री गरेका छौं,’ उनले भने, ‘धेरैजसो सुन्तला स्टोरमा राख्ने र बेसिजनमा बिक्री गर्ने हो । त्यो बेला भाउ दोब्बर हुन्छ ।’ उनले २० क्विन्टल सुन्तला स्टोरमा राखेको बताए । ‘बोटमै राम्रोसँग पकाएर मात्रै टिप्दै स्टोरमा राखेको छु,’ उनले भने, ‘बिक्री नहोला कि भन्ने चिन्ता छैन । आएका…

Read More

हृदय भुसाल,अर्घाखाँची। ‘भनिन्छ बालवालिकाहरु बर्तमानका साझेदारी भबिस्यका कर्णदार हुन’ यदी देशको भबिस्य समुन्नत र समृद्ध बनाउनु छ भने त्यस देशको बालवालिकालाई उचित शिक्षा दिनु आबश्यक हुन्छ । किनकी तिनै बालबालिका नै भबिश्यका मेरुदण्ड हुन,उनीहरुको काँधले नै देश बोकेको हुन्छ ,शिक्षाले नै देशका सवै क्षेत्रको गोरेटो निदिष्ट गरेको हुन्छ । शिक्षा क्षेत्रको मुख्य आबश्यकता भनेको बालबालिकाहरुलाई सिप,संस्कार प्रबिधीयुतm शिक्षा दिनु हो । खास गरि अबिभावकहरुले सामन्यतया ३ बर्षदेखी नै मन्टेश्वरी बिधालयमा पढाउन पठाउने गर्दछन् । यसरी नै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड २ चुत्रावेसीमा बिगत ९ बर्ष देखी सोेही लक्ष्यका साथ रेन्वो मन्टेश्वरी बिधालय संचालन हुदै आएको छ । सनिवार रेन्बो…

Read More

रामप्रसाद आचार्य रुपन्देही । नेपालमा संघीय तथा प्रदेश सांसद हुन शैक्षिक योग्यता तोकिएको छैन । तर, मन्त्रालय, विषयगत समितिको जिम्मेवारी दिने वेला भने कुन सांसदले कुन विषयमा कति अध्ययन गरेका छन् भन्ने विषयमा बढी चासो राखिन्छ । विशेषगरी विषयगत विज्ञता भएका सांसदहरु सोहीअनुसार मन्त्रालय र समितिमा परे कर्मचारीले समेत सघाउने र त्यसको कार्यसम्पादन पनि राम्रो हुने हुन्छ । तर दलहरुले यसतर्फ ध्यान दिएका छैनन् । व्यक्तिको क्षमता र विज्ञता, आधारभूत ज्ञान र अध्ययन तथा रुचिको विषय नहेरी भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिइँदा कार्यसम्पादन फितलो हुँदै आएको छ । लुम्बिनी प्रदेशसभाको दोस्रो निर्वाचनमा चसनिएका सात जना सांसदले स्नातकोत्तर गरेका छन् ।…

Read More

हृदय भुसाल, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले बिहिवार नगपालिकाको कार्यालयबाट अपाङ्गता भएका नगर भित्रका ५३ जना अपांगहरु लाई परिचय पत्र वितरण गरिएको नगर महिला बिकास शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिनु भएको छ । नगरपालिका भित्रका विभिन्न वाडका ४ जना लाई क बर्गको परिचय पत्र त्यस्तै ३८ जना लाई ख बर्गको ५ जनालाई ग बर्गको र ६ जना लाई घ बर्गको परिचय पत्र अपांगताको प्रकृति हेरे कार्ड वितरण गरेको डाक्टर राजेन्द्र जिसिले जानकारी दिनु भयो । अपांग भएका ब्यक्ति हरुलाई परिचयपत्र हस्तान्तरण गर्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडेले स्वास्थ,शिक्षा तथा रोजगारीमा समेत सम्मान पहुँच तथा अपांगमैत्री सरचना निर्माण गर्दै हरेक कार्यक्रममा अपांगता…

Read More

प्रतिरक्षाको तयारीमा संस्थापन  नेता शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको इतर समूहले पछिल्लो सत्ता राजनीतिमा आएको नाटकीय परिवर्तनमा नेतृत्व जिम्मेवार रहेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब दिने रणनीति लिएको छ । नयाँ सरकार गठनपछि पहिलोपटक बसेको यो समूहका नेताहरूको बैठकले प्रारम्भिक समीक्षासहित सभापति देउवामाथि दबाब बनाउने रणनीति बनाएको हो । पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा गर्न २२ पुसमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । इतर समूहका नेताहरूको बुधबारको बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार सभापति देउवाले संस्थागत निर्णय नगरी पार्टीका पदाधिकारीभन्दा सभापतिनिकट ‘सानो गिरोह’मार्फत डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष छ । उनले…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ६ डाडाखर्क एक गोठमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ । डाडाखर्क निवासी ददिराम अधिकारीको भाइ बुहारी सीता अधिकारीको गोठमा मंगलबार राति करिब १२ बजे एक्कासी आगो लागि पूर्ण रूपमा नष्ट भएको छ। एक दुहुनो भैंसी ३ ब्याउने बाख्रा जलेर मृत्यु भएका छन् । आगो के कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भईरहेको समाजसेवि गङ्गा बिकले जानकारी दिएका हुन ।

Read More