रुपन्देही । संस्थापन पक्षमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकटका सांसद अब्दुल रज्जाकले लुम्बिनी प्रदेश संसदीय दलको नेतृत्वका लागि गुट परिवर्तन गरेका छनन् । उनी शेखर कोइराला पक्षमा लागेपछि इतर समूह उत्साहित भएको छ ।
रज्जाक संस्थापनइतरको बैठकमा उपस्थित हुन थालेका छन् । लुम्बिनीमा कांग्रेसका २७ सांसद छन् । यहाँ संस्थापन समूहका बहुमत १५ सांसद छन् । लुम्बिनी प्रदेश समितिमा भने संस्थापन इतरको वर्चश्व छ ।यसअघि संघीय सांसद तथा राज्यमन्त्री बनिसकेका रज्जाक नेता खाणको बलियो खम्बा मानिन्थे ।