Author: नेपाल राज्य

भिम विश्वकर्मा,अर्घाखाँची । अर्घाखाँची जिल्लामा लागू औषध ब्राउन सुगर सहित ३ जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ११ गते दाङ राप्ती गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षका सन्तोष के.सी., २४ वर्षका खुम बहादुर के.सी. र २२ वर्षका रोशन श्रेष्ठले सितगंगा नगरपालिका वडा नं. ८ स्थित सातमारा सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेका छन भन्ने विशैष सूचनाको आधारमा लागू औषध सेवन गरी रहेको अवस्थामा फेला पारी उनिहरुको शरीर खानतलासी गर्दा ६० मिली ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरीएको हो । उनिहरुसंग लागू औषध सेवन गर्दा प्रयोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १…

Read More

अर्जुन भुसाल , अर्घाखाँची । सन्धिखर्क ८ किमडाँडा सापकोटा टाेलमा जनसहयाेगमा निर्माण भएकाे शिवालय मन्दिरमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उहाँका दुई दाजुभाइले वाइरिङ, बल्ब जडान, रङराेगन तथा ढाेकाकाे व्यवस्था मिलाइदिनु भएकाे छ । नगर प्रमुख सहित उहाँका दाइ ठाकुरप्रसाद श्रष्ठ, उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका भाइ काजी श्रेष्ठले संयुक्त रूपमा मन्दिरमा विविध सहयाेग गर्नुभएकाे हाे । श्रेष्ठ दाजुभाइकाे सहयाेगले मन्दिर निर्माणका लागि ठूलाे राहत मिलेकाे निर्माण समितिका अध्यक्ष गिरीप्रसाद सापकोटाले बताउनुभयाे । मन्दिरमा रङराेगनका लागि करिव १ लाख, ढाेका जडानका लागि ८० हजार र वाइरिङका लागि ५८ हजार रूपैयाँ खर्च भएकाेमा साे रकम श्रेष्ठ परिवारले व्यहाेरेकाे निर्माण…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहान निरन्तर नेपाली गीत संगीतमा सक्रिय छन्।पछिल्लो सर्जक रुपमा अलि बढी सक्रिय छन्।उनले सिर्जना गरेका गीतहरु बजारमा आइरहेका हुन्छन्।त्यस्तै आज मात्रै उनको शब्द सिर्जना तथा लय संकलनमा मौलिक तीज गीत लालुमै वर पिपलको छाँया बोलको गीत सार्वजनिक भएको छ। अभिनव चौहानको शब्द सिर्जना तथा लय संकलन, माया दर्नाल परियार र विमलराज जिसिको आवाज कृष्ण लामिछानेको एरेन्ज तथा मिक्सिङ्ग।त्यसैगरी विष्णु भट्टराईको निर्देशन तथा सम्पादनमा सन्तोष,परी, अजय, विन्दु लगायतको नृत्य तथा अभिनय देख्न सक्नुहुनेछ। मंगलम रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड भएको गीतको दृश्य निर्माण अविरल फिल्मसले गरेको हो।गीत अविरल फिल्मसको आधिकारिक युटुब च्यानलमा हेर्न सक्नुहुनेछ।…

Read More

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलनै विजयी भएको छ । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल वरिष्ठ उपाध्यक्षमा प्रेम केसी महिला उपाध्यक्षमा सलोजा दाहाल खुला उपाध्यक्षमा नकुल अर्याल खुला उपाध्यक्षमै भिष्मराज ओझा कोषाध्यक्षमा माधव धिताल बिजयी भएका छन् ।

Read More

रुपन्देही । केपी ओली नेतृत्वको सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ ब्युँताउन रुपन्देहीमा गोप्य रुपमा भेला आयोजना गर्न लागिएको छ । कपिलवस्तुको डिएफओ विजयराज सुवेदीको अगुवाईमा बन्न लागेको यो महासंघ सामुदायिक बन उपभोक्ता महासंघ फेकोफनको काउन्टरमा बनाउन लागिएको हो । साउन ७ गते दिउसो रुपन्देहीको देवदहमा आयोजना गरिएको यसको राष्ट्रिय भेला भनिएपनि गुपचुपमा गर्न लागिएको छ । यस क्षेत्रका सरोकारहरुले नेपालमा सामुदायिक वन क्षेत्रलाई कमजोर बनाउनेगरी यसलाई सक्रिय बनाउन थालिएको आरोप लगाएका छन् । तर वैज्ञानिक वनका क्षेत्रमा वकालत गर्नेहरुले भने वनकै संरक्षण गर्नका लागि यो संस्था बनाउन लागेको दावी गरेका छन् । कपिलवस्तुमा दर्ता भएको यो संस्थाको…

Read More

काठमाडौं । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ । ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औंल्याएको छ । नेपाली नियोगले विनियोजनतर्फ वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम/दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ । ‘उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ । त्यस्तै, घर र अपार्टमेन्टतर्फ सरकारी निकायले…

Read More

कमला परियार, अघर्मखाँची । प्रेस चौतारि नेपाल अर्घाखाँचीले आयोजना गरेको ३ दिने आधारभुत पत्रकारिता तालिम सनिवार सम्पन्न भएको छ । नेकपा एमाले लुम्विनी प्रदेश कमिटि सचिवालय सदस्य तथा लुम्विनी प्रदेश सभासद रामजी प्रसाद घिमिरेले समापन समारोहमा बोल्दै राज्यका महत्वपुर्ण निकायलाई पनि सुसुचित गर्ने माध्यम पत्रकारिता भएको विशिष्ट र गर्भिलो पेशा पत्रकारिता रहेको बताएका छ्न । कार्यक्रमका प्रमुख अथिति घिमिरेले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै समाजलाई यथार्थ सुचना दिन सक्षम जनशक्ति उत्पादन हुनेमा आफु बिश्वस्त रहेको बताएका हुन । नेता घिमिरेले पत्रकार रवि लामिछानेको उदाहरण दिदै इच्छाशक्ति लगनशील अध्यनले रवि भन्दा अगाडि बढ्न नवपत्रकार लाई आग्रह गरेका थिए । सहभागिहरुले पनि…

Read More

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले पत्रकारले कुनै दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल फेसबुक टुइटरमा लेख्दै उनले सच्चा पत्रकारले पनि कुनै दलप्रति आस्था राख्न सक्ने तर उसले सो दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? भनेर आपत्ति प्रकट गरेका हुन् । उनले फेसबूकमा यस्तो लेख्छ्न : पूर्व पत्रकार भन्न नि लाज लाग्छ! सच्चा पत्रकारले पनि कुनै दलप्रति आस्था राख्न सक्छ। तर के उसले सो दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ? देशका प्रधानमन्त्री र आशा गरिएको भनिएका नेता पार्टी आवद्ध पत्रकार…

Read More

हरि भुसाल , अर्घाखाँची । प्रथम स्थापना दिवसको अवसरमा लायन्स क्लव अफ अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नं २ मा बृक्षारोपण गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं. २ बेलवाटिकामा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, वडाध्यक्षहरु मोतिजंग रायमाझी, हुमप्रसाद भुसाल, लायन्स क्लव अफ अर्घाखाँचीका संस्थापक अध्यक्ष हरिप्रसाद भुुसाल लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो । लायन्स मिनि पार्क बनाउने अभियानका साथ शुभदिनमा वृक्षारोपण गरिएको क्लवका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा लायन्सका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले लायन्सको सकारात्मक कामबाट आफु प्रभावित भएको बताउदै आगामी दिनमा…

Read More

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीय सरकारकै कारण संघीयता कार्यान्वयनमा आउन नसकेको बताएका छन् । उनले संघीय सरकारका लागि प्रदेशबाट निरन्तर दबाब सृजना गरिएको बताए । संघीय सरकारका प्रधानमन्त्रीसहित विभिन्न दलतका नेताहरुलाई यही साउन ३ गते भेटघाट गरी प्रहरी विद्येयक जारी गर्न, कर्मचारी समायोजन गर्न र संघ र प्रदेश बीचमा भएको साझा अधिकार सूचीबाट प्राप्त हुने राजश्वको बांडफांड समानुपातिकरुपमा वितरणका लागि माग गरिएको उनले जानकारी गराए ।                                                     …

Read More