Author: नेपाल राज्य

केशव पन्थी, अर्घाखाँची । नबिल बैंकले शुक्रबार नयाँ शाखा उद्घाटन गरेको छ। नबिल बैंक छत्रगन्ज शाखाद्वारा छत्रदेव गाउँपालिकाको वार्ड न ४ को रिढाकारुखमा नबिल बैंक को अर्घाखाँची जिल्लामा पहिलो शाखा रहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नु भएको थियो भने नबिल बैन्क छत्रगन्जका शाखा प्रबन्धक जिबन खनालको अध्यक्षता व्यवसायिक प्रतिनिधि शेर बहादुर सारु मगर को स्वागत मन्तब्य छत्रदेव गाउपालिकाका उपाध्यक्ष मनि पन्थि प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, नबिल बैंक सन्धिखर्कका शाखा प्रबन्धक डोलराज न्यौपाने छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष भिमलाल खनाल तथा श्री महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक…

Read More

कमला घिमिरे,अर्घाखाँची । नेविसंघ र तरुणदलको पहलमा दिप प्रज्वलन कार्यक्रम शान्ति बगैंचामा सम्पन्न भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए सगै पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै नेविसंघ र तरुण दल अर्घाखाँचीको पहलमा सन्धिखर्क शान्ति बगैचामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अध्यक्षता नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस प्रदेश सदस्य शान्ता भन्डारी, तरुणदल अध्यक्ष नारायण खडका, नेविसंघ नेता, भरतमणि भट्टराई वडा अध्यक्ष माधव श्रेष्ठ , महिला संघ सचीव रुपा कडेल ,तरुण दल सदस्य छमा कार्की, कृष्ण भुसाल लगायतको उपस्थित मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न…

Read More

काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा आगाे देखिएकाे छ । उडेकाे केही समयमा इन्जिनमा आगाे देखिएपछि जहाज फर्काएर काठमाडाैँमा आकस्मिक अवतरण गराइएकाे विमानस्थल स्राेतले जनाएकाे हो ।

Read More

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँची क्रीकेट संघको चौथो अर्घाखाँची प्रीमियर लिग (APL) सन्धिखर्कमा सुरु भएको छ । चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको जिल्ला समन्वय समिति (जिसस)का प्रमुख जीवनारायण कोइरालाले ब्याटिङ गरेर उद्घाटन गरि क्रीकेट खेलले जिल्लामा जन्मिएका खेलाडीले जिल्ला प्रदेश नेपाललाई विश्वसमक्ष चिनाएको बताए । खेलाडीको प्रसंशा गर्दै खेलले मानिसलाई शारिरीक र मानसिक स्वास्थ्य राख्नुका साथै नियमित र परिश्रमी बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले प्रतियागिताकाे सफलता सँगै सहभागी सबै खेलाडीलाई शुभकामना समेत दिएका थिए । “स्वास्थ्यका लागि खेलकुद, रास्ट्रको लागि खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुल नारा सहित खेलमा करिब १५ लाख खर्च हुने बेस्ट…

Read More

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि चार दिनअघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले “मिसन ग्रासरूट” अभियान लाई जिल्लाका विभिन्न स्थानीय तहमा तिव्रताका साथ अगाडि बढाएको छ । नेकपा एमाले अर्घाखाँचीले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत मालारानी गाउँपालिका वडा नं. ४ खनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले पार्टी पाेलिटब्युराे सदस्य अभियानका केन्द्रीय प्रतिनिधि सुर्य थापाकाे प्रमुख आतिथ्यता, पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, सचिव ताेजबहादुर रायमाझी, कार्यालय सचिव लिलबहादुर बि.क., जिल्ला कमिटी सदस्यहरू बालकृष्ण आचार्य, गंगाराम खनाल, मुनाल खड्का, बिष्णु आचार्य, जिल्ला जेष्ठ कम्युनिष्ट मंचका सचिव पर्सुराम पाेख्रेल, पालिका कमिटी उपसचिव गाउँपालिका उपाध्यक्ष दिपा पाेख्रेल, जिल्ला सल्लाहकार परिषद सदस्य,…

Read More

अर्घाखाँची। नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाको सभापतिमा कुशल भुसाल पुनः चयन भएका छ्न । सन्धिखर्कको साथी होटलमा शाखाको ३१ औं साधारणसभा तथा जिल्ला अधिवेशनले सभापति कुशल भुसालको नेतृत्व चयन गरेको थियो । जसको महिला उप- सभापतिमा प्रभा पाण्डे पोखरेल , उप – सभापति चन्द्र प्रसाद बन्जाडे, मन्त्री तुल्सिराम पौडेल,उप- मन्त्री नवराज रायमाझी,कोषाध्यक्ष हरि बहादुर के. सि.,उप- कोषाध्यक्ष मनिराम अधिकारी,सदस्यहरुमा शंभु प्रसाद पोखरेल, छमा कार्की , शारदा खनाल बि. क. , अम्बिका बेल्बासे श्रेष्ठ बसन्ता जि. सि., बिष्णु प्रसाद पराजुली, रुद्रलाल चुँदाली, रुद्र प्रसाद पराजुली, शालिकराम बल्बासे र बाबुराम खड्का चयन भएका हुन । पुस २०७६ सालमा ३० औ साधारण…

Read More

लक्ष्मी खनाल,अर्घाखाँची । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा लाई तोडदै अर्घाखाँचीमा एक छोरीले आमाको काजकिरिया गरेकी छिन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी पुरानो बसपार्क निवासी डिल बहादुर गुरुङकि छोरी बसन्ता गुरुङले आफ्नो आमा ७३ वर्षीय प्रेमकला गुरुङको काजकिरिया गरेकी हुन । उनको उपचारको क्रममा फागुन ११ गते निधन भएको थियो । हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइए पनी पण्डितले बस्न मिल्छ अन्त पनि बसेका छन् । आफ्नो बुबाको किरिया आफैँ बस्दा झन् राम्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको बताइन् ।देवघाटमै पुगेर आमालाई दागबत्ती दिएकी थिइन् ।…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आउँदो संघ र प्रदेशसभाको चुनावपछि एमालेले बहुमतको सरकार बनाएरै देशको विकास गर्ने बताए । उनले एमालेले कम्तिमा ५१ प्रतिशत सांसद संख्या जितेर बहुमत ल्याउने दावी गरे । प्रेस चौतारीले शनिवार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका रायमाझीले जनताको विश्वास एमालेले जितेको बताए । पाटीलाई वैचारिक रुपमा अनुशासित बनाउन ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गरिएको रायमाझीको तर्क छ । पत्रकार सम्मेलन कार्यक्रममा एमाले स्थानीय कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्य एवं प्युठान इन्चार्ज सूर्य थापा, पोलिटब्युरो सदस्य विमला घिमिरे, एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले गाडीको गति बढाउन खिया लागेका नट बोल्ट समयमै परिवर्तन गर्नु पर्ने बताएका छन । प्रेस चाैतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयाेजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले नेकपा एमाले पार्टी भित्र सुदृढीकरण तथा विस्तार अभियान अति आवश्यक रहेको बताएका हुन । गाडी संग को प्रसङ्ग जोडदै उनले गाडीको गति बढाउन नेकपा एमाले जोड दिएको बताए । उनले भने गाडीमा खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नुपर्छ । यसो गरिएन भने जहाँ जतिबेला पनि दुर्घटना हुने टिप्पणी गरे । विदेसी शक्तिको चलखेल समेत बढेको…

Read More