Author: नेपाल राज्य
जितेन्द्र खत्रि ,अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भूमिकास्थान २ ढाकावाङ्गको अध्यक्षमा नारायण खनाल चयन हुनुभएको छ । ढाकावाङ्गको पिपलनेटामा भएको वडास्तरिय भेलाले खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । भेलाले केशरा परियार लाई उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा खिम बहादुर राउत रहनुभएको छ । सहसचिवमा दधिराम खनाल र कोषाध्यक्षमा आरता बेल्वासे चयन हुनुभएको छ । सदस्यहरुमा भूवानन्द भुसाल, दोण प्रसाद बेल्वासे, गोपाल खनाल, पदम खनाल, मोहन भुसाल, तेजिराम भुसाल, राजु सुनार, डिल्लीराज बन्जाडे, भिम बन्जाडे, श्यामलाल बेल्वासे, प्रेम नारायण खनाल, प्रेम प्रसाद पोख्रेल, श्रृजना सुनार कृष्ण कुमारी राउत, शुसीला खनाल(परियार) रञ्जिता घ म रहेको २१ सदस्य वडा समिती गठन…
बिनोद खड्का,अर्घाखाँची । मालारानी गाउँपालिका वाड नं ५ बाँगी आस्लामारि सालाका रुख शोक सभा सम्पन्न भएको छ । नेकपा( माओवादी केन्द्र)का राम बहादुर थापा र रुद्र बहादुर थापा कि ममतामय आमा पार्टी सदस्य मतिकला थापाको दसौं दिनको पुन्य तिथिको अवसरमा शोकसभा सम्पन्न भएको छ । नेकपा( माओवादी केन्द्र) का जिल्ला इन्चार्ज ठाकुर कुमार विक (किशोर )ले माओवादी लाई अतुलनिय क्षति भएको भन्दै शोक स्तब्ध परिवार जनमा समेबदना प्रकट गरेका थिए। थापाको ८९ वर्षको उमेरमा दु:खद निधन भएको थियो। कार्यक्रममा एकिकृत शिक्षक संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मान बहादुर पाण्डे, जिबनारायण खनाल, भेष बहादुर खड्का , जिन्दक खड्का,तोरण बहादुर थापा, रबिन्द्र बहादुर…
अर्घाखाँची । अर्घाखाँचीको फुदवाङ्ग नजिकै खोलामा वृद्धको शव भेटिएको छ। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ को जुके खोला भन्ने ठाउँमा अन्दाजी ६० वर्षको पुरुषको शव भेटिएको हो । वर्ण गँहुगोरो, उचाइँ ५ फिट, दारीपालेको ,कालो सेतो कपाल, सुइटर बाहिर कालोकोट हाप सुरवाल लगएको शव सनाखत हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
सुरेश यादव,नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ । पश्चिम नवलपरासीकाे क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेका हुन् । रामग्राम जेसिज, नवलपरासी क्रिकेट संघ, सरावल खेलकुद संस्था, राेटरी क्लब अफ नवलपरासी, क्षेत्री समाज नवलपरासी संयुक्त रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरेकाे हाे । आफनाे गृह जिल्ला नवलपरासी आएका नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ । भर्खर सम्पन्न विश्व क्रिकेट लिङ टुमा नेपालकाे तर्फबाट उत्कृष्ट प्रर्दशन गरि यूएलाई हराउदै जिम्बावेमा हुने…
हरि कुँवर, अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची आउने भएका छन । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत चैत १२ गते सन्धिखर्कमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जिल्ला आउने भएका हुन । नेकपा एमाले उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली लगायतको टिम उपस्थिति रहने नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।पुर्व प्रधानमन्त्री केपी शर्मा ओली टिम जिल्ला आउने भनेपछि जिल्लामा केहि विकासका ढोका खुल्ने छन । थप आशा पलाएको बुझिएको छ । ओलीको क्रेज उतिकै छ । केही समय पहिले ‘केपी बा आई…
पाल्पा । पाल्पामा टिपरले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं.२ मसारस्थित हार्थोक–सर्देवा भित्री सडक खण्डमा टिपरले ठक्कर दिदा ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । आइतबार बिहान सिद्धेश्वरको खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेकाे हो । यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
हरि कुँवर, अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा पुनः शोभाखर पाण्डे चयन भएका छन । नेकपा एमाले पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको सन्धिखर्कमा आयोजित ९ औं महाधिवेशनबाट नयाँ समिति चयन भएको हो । उपाध्यक्षमा प्रकाश श्रेष्ठ सचिवमा ऋषिराम पन्थी सह-सचिवमा बाबुराम गैरे सह–सचिवमा पारस भट्टराई कोषध्यक्षमा वसन्त पल्ली सर्वसम्मत चयन भएका हुन । महाधिवेशनबाट ५९ सदस्यीय कार्यसमिति चयन गरेको थियो । महाधिवेशन नेकपा एमाले सचीव टोपबहादुर रायमाझीलेको प्रमुख अतिथ्यता राष्ट्रिय युवा अर्घाखाँचीका अध्यक्ष शोभाखर पाण्डे नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।
हरि कुँवर, अर्घाखाँची । बाँगी- अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा बाबुराम खनाल सर्वसम्मत चयन भएका छन । सनिवार खनालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । बरिस्ठ उपाध्यक्षमा भाेला भुसाल सचिवमा मदन मिश्र सहसचिवमा विशाल पन्थी कोषाध्यक्षमा ठाकुर पन्थी सर्वसम्मत रुपमा चयन भएका हुन । मालारानी गाउँपालिका बाँगी जन्मघरभै हाल रुपन्देही जिल्लामा विभिन्न पेशा कर्मथलो बनाएर सहयात्रीहरुको साझा सामाजिक संगठन बाँगी – अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको चौथो साधारण सभा तथा दोश्रो अधिबेसनमा समाजका अध्यक्ष भोज बहादुर खड्काको अध्यक्षता मालारानी- ५ बाँगीका वडाअध्यक्ष तिलक मिश्रको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेश भुसाल , संरक्षक डबल बहादुर बि सि…
बिनोद खड्का,अर्घाखाँची । मालारानी गाउँपालिका वाड नं ५ बाँगी आपाका पाटामा शोक सभा सम्पन्न भएको छ । नेकपा( माओवादी केन्द्रका ) पार्टी सदस्य देब बहादुर ताम्राकारको एघारौँ दिनको पुन्य तिथिको अवसरमा शोकसभा सम्पन्न भएको हो । नेकपा( माओवादी केन्द्रका) जिल्ला ईन्चार्ज ठाकुर कुमार विक (किशोर)ले माओवादी अतुलनिय क्षति भएको भन्दै शोक स्तब्ध परिवारजनमा समवेदना प्रकट गरेका थिए। ताम्राकारको ६१ वर्षको उमेरमा दु:खद निधन भएको थियो। कार्यक्रममा प्रदेश स.स धर्मराज भुसाल,भिम बहादुर पाण्डे, शोभाखर बिक , तोरण बहादुर थापा,ज्ञानु पाण्डे, बिक्रम ताम्रकार,राम प्रसाद पन्थी,राम चन्द्र ताम्रकार,बिण्णु प्रसाद आचार्य,राधा चुदालि खड्का ,सबिता भुसाल,मिना अधिकारी,काशीराम खड्काको उपस्थित रहेको थियो। कार्यक्रमको सञ्चालन टिलक टन्डनको…
