Author: नेपाल राज्य
गोपाल प्रसाद भट्टराई अर्घाखाँची- अर्घाखाँचीमा बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार सागर केसीले आफुहरुले निर्वाचन जितेपछि कृषि र पर्यटनलाई व्यबसायिक बनाएर अगाडि बढ्ने उदघोष गरेका छन् । संयुक्त गठबन्धन अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न टोलमा भएको प्रचारप्रसार कार्यक्रममा मतदातासंग भोट माग्दै उहाँले यस्तो उदघोष गरेका छन् । राजमो केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेद्धार केसीले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति सास्कृतिक र कृषिलाई व्यवसायिक पर्यटनसंग जोड्ने गठबन्धनको योजना भएको सुनाए । नेता केसीले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले…
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले ५ वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै विकासका योजना सञ्चालन गरेको बताए । उनले सञ्चालनमा रहेका सडक, पूर्वाधार विकास, खानेपानी, सिचाई, सहज स्वास्थ्य सेवा, शिक्षामा गुणस्तरवृद्धि, सडक कालोपत्रे, पर्यटन विकास, पूर्वाधार निर्माण लगायतका काम केही सम्पन्न र केही योजना सञ्चालनमा रहेकाले ती योजना पुरा गर्न र नयाँ योजना भित्रिएर विकास गर्न आफुलाई मतदाताले भारी मतले जिताउने बताए । ‘विकासमा युगन्तकारी महत्व राख्ने योजना भित्राउँछु,’ एमाले निकट अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको भेलालाई बुटवलमा सम्बोधन गर्दै घिमिरेले भने, ‘विकासका नयाँ आयाम, परियोजनाहरु, जुन परियोजनाहरु जनताको जीवनस्तर…
कृष्णनगर । बिहिवार बिहान १० बजे तिर चार जना महिलाले कृष्णनगर भंसार कार्यालय कृष्णनगर द्वारा देखाएको नयाँ बाटो बाट तस्करी भएको खुलेको छ । भंसार कृष्णनगर कृष्णनगर भंसार कार्यालयले तस्करी विरुध कुरा गरे पनि केवाल जनतालाई मूर्ख बनाउने काम मात्र गरेको हो । समय समयमा कृष्णनगर प्रहरी, शास्त्र प्रहरी, पत्रकार, समाजसेवीको बैठक बोलाएत पनि कागजमा मात्र हो तस्करी रोक्ने वास्तिकमा कृष्णनगर भंसार कार्यालयको मिलोमतोमा तस्करीको काम भईरहेको हो । केही दिन पुर्व कृष्णनगर भंसार कार्यालय कृष्णनगर लाई भारत को बढनी देखि नेपाल रु. साढे दुई लाख (२५००००) बराबरको लुगा सरकारी गाडीमा (सेतो सुमो- नम्बर सहित) आउदै छ भनि पुर्व सूचना…
बिष्णु कुमार आले, अर्घाखाँची । शितगंगा २ सिख्रमा बिहिवार मोटरसाईकल दुर्घटना भएको छ । लु १ ब ९३४ नम्बरको कृषि ज्ञानकेन्द्र सन्धिखर्कको मोटरसाईकल साझ करिब ४ बजे सडकबाट करिव ३५० मिटर तल भिरमा खसी दुर्घटना भएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षेति भएको छैन । दुर्घटनामा परि मोटरसाइकल चालक ३१ बर्षिय झबिन्द्र आचार्य सामान्य घाईते भएका छन् । मोटरसाईकल सडक छेउमा पुगेपछि मोटरसाइकललाई छोडिदिएर सडक छेउमै हाम फालेर बाच्न सफल भएका हुन् । घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो ।
अर्घाखाँची प्रदेश सभा (क )मा गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सागर केसीसँग चुनावी एजेन्डाबारे संक्षिप्त कुराकानी तपाईको उम्मेदवारी के–का लागि ? केपी ओली संसद भंग गरेर संविधान मास्न प्रयास गरे । त्यसको हामी प्रतिबद्ध ग¥र्यौ । ओली प्रवृद्धि विरुद्ध ५ दल एक भएर संविधान बचाउन लाग्यौं । अहिले संविधान बचाउन र विकास गर्न हामी गठबन्धन भएर चुनावी मैदानमा छौं । जनताका अधिकार सुरक्षित गर्दै अर्घाखाँची प्रदेशसभा (क) को जनताका आधारभूत आवश्यक्ता अनुसार विकास गर्न मेरो उम्मेदवारी हो । तपाईले चुनावजित्ने आधार केछ ? मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको होइन । करिब ५ दशक देखि…
नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस पूर्वसभापति, सन्धिखर्क नगरपालिकाका पूर्वनगर प्रमुख तथा अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार कमलप्रसाद भुसालले मंसिर ४ गते हुने चुनावमा गठबन्धन उम्मेदवार जिताउन आग्रह गर्दै जितेपछि अर्घाखाँचीको विकासमा जनताले जे चाहेको छ त्यही विकास गर्ने बताए । शितगंगाको विभिन्न चुनावी सभामा भुसालले जितेपछि कहाँ चाहिएको छ, जनतासँग बसेर छलफल गरेर योजना बनाएर काम गर्ने बताए । उनले अब एमालेले विकासका काम केही नगरेको र आफुहरुले गर्ने दावी गरे ।
अर्जुन खनाल अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले छत्रदेव गाउँपालिकामा ११ वटा सडकलाई बजेट पारेर शुरु गरेको र व्यवस्थित सडक बनाउने काम भैरहेको बताए । उनले छत्रगञ्ज–कुँडुले–अर्घातोष लगायतका सडकलाई बजेट पारेर काम गरेको उनले बताए । ‘सन्धिखर्क–ठुलापोखरा–तम्घास सडक पिच हुँदैछ, त्यहाँ मैले पहल गरेर बजेट पारेको हुँ,’ छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आचार्यले भने, ‘ठूलापोखराको भाग्य र भविष्य कोर्ने ‘सन्धिखर्क–ठुलापोखरा–तम्घास सडकलाई व्यवस्थित गर्दै पिच गर्ने काम धमाधम भएको छ । छत्रदेव सहित ठूलापोखरामा भित्रि सडकलाई पनि बजेट परेर व्यवस्थित गरेको छु ।’ ठूलापोखराको सडक, पूर्वाधार विकास,…
प्रेमनारायण अाचार्य अर्घाखाँची- पुर्बउपसभामुख नेपाली कांग्रेसका नेता पुष्पा भुसालले नेपालकै सबैभन्दा ठुलाे शितगंगा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताउनु भएको छ । शितगंगा नगरपालिका १२ काे रजिया, खुम्चिकाेट र १० नम्बर वडा सिद्धाराका विभित्र स्थानमामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बाेधन गर्दै अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेकी भुसालले भाैगाेलिक अबस्थाले जटिल रहेको शितगंगा नगरलाई विशेष क्षेत्र बनाएर बिकासमा नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे । राेजगारी र शिक्षाको कारण गाउँमा मानिसहरु बसाइँसराइ गरेको बताउदै अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेजहरु खाेल्नु पर्ने बताउनुभयाे । उहाँले अर्घाखाँचीका युवाहरूलाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट…
नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस नेता एवं शितगंगा नगरपालिका निवर्तमान प्रमुख सुर्यप्रसाद अधिकारीले एमालेकै कारण शितगंगा विकासमा धेरै पछाडी धकेलिएको बताए । क्षेत्रफलका हिसाबले देशकै ठूलो र धेरै दुर्गम भूगोल भएको नगरपालिकालाई विशेष क्षेत्र बनाउन लाग्दा एमाले सरकारले सहयोग नगरेको उनले बताए । शितगंगा नगरपालिकाको वडा १२ रजियामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अधिकारीले कतिपय विकास निर्माणका काममा आफु नगर प्रमुख भएका बेला काम गर्दा असहयोग गरेको बताए । उनले मंसिर ४ पछि गठबन्धनको सरकार बन्ने र विकासका योजना धेरै भित्रिने दावी गरे ।
हरि कुँवर, अर्घाखाँची । निर्वाचन नजिकै गर्दा बाँगी लगाएत जिल्लामा नेकपा एमाले प्रवेश गर्नेहरूको लहर चलेको छ । मालारानी गाउँपालिका-५ बाँगी कुटुनिका चौर चुनावी सभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १२ जना नेकपा एमालेमा प्रवेश गरेका छ्न । लाल मणि भुसाल , गुणाखर भुसाल, कमला थापा ,तुल्सी भुसाल, भुपलाल भुसाल , खिमा भुसाल , केशव खड्का ,रेशम विक ,प्रकाश विक , चन्द्र पाण्डे, घनश्याम भुसाल र तुल बहादुर पाण्डे लाई नेकपा एमाले प्रवेश गरेका हुन। अझै बीस जना जति प्रवेश गर्ने तयारी रहेको नेकपा एमाले बाँगीले जनाएको छ । चुनावी सभा लाई सम्बोधन गर्दै नेकपा एमाले सचिव तथा पुर्व मन्त्री…
