अन्जना खनाल, अर्घाखाँची ।
हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाद्वारा पालिका अभियान सुरु भएको छ । उक्त अभियान आज जिल्लाको पाणिनी गाउँपालिकाबाट भब्य रुपमा सुरुवात भएको छ ।
अर्घाखाँची जिल्लाका ६ स्थानीय तहमा पालिका बिमा जागरण अभियान चलाउने उद्देश्यले शाखाले यो कार्यक्रम सुरुवात गरेको जनाइएको छ ।
आजको कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षक कम्पनी अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारले बिमाको आधारभूत देखि बिमा क्षेत्रका संभावना र आम्दानी लगायतका महत्त्वपूर्ण बिषयहरुको बारेमा तालिम दिएको जनाइएको छ।
पाणिनी गाउँपालिकामा रहेका हिमालयन अभिकर्ता र नयाँ सहभागी संगै ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हिमालयन लाफ इन्स्योरेन्सका मार्केटिङ कर्मचारी चन्द्र सारुको अध्यक्षता, शाखा प्रमुख दिनेश सुनारको प्रमुख आतिथ्यता MDRT राम प्रसाद अधिकारी र बिक्रम सुनारको बिशिस्ट आतिथ्यता अनि एजेन्सी म्यानेजरहरु चिरञ्जीवी सुनार, प्रेम कडेल , निमा पोख्रेल र हेमा पेग्नीको आतिथ्यता रहेको थियो भने शाखा मार्केटिङ कर्मचारी रामकृष्ण बि.क संचालन रहेको थियो ।