अर्घाखाँची– २०७४ मा चुनाव जितेर गएपछि ५ वर्षको अवधिमा अर्घाखाँची प्रदेशसभा (ख) मा ४ अर्बको बजेट भित्रिएर विकास निर्माणका काम गरेको नेकपा (एमाले) बाट उम्मेदवार रामजीप्रसाद घिमिरेले बताए । भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, पर्यटन पूर्वाधार, खोलामा तटबन्ध लगायतका थुप्रै काममा बजेट भित्राएको बताए ।
घिमिरेले केही योजना पुरा भएको र केही हुने क्रममा रहेकाले चलिरहेका योजना पुरा गर्दै नयाँ योजना भित्राएर विकास गर्न आफुलाई जनताल् जिताउने दावी चुनावी सभा तथा भेटघाटमा गर्ने गरेका छन् । घण्टौ समय लगाएर खानेपानी ल्याउन गाग्री बोकेर पधेंरामा जानुपर्ने समस्यामा रहेका शितगंगावासीहरु मुक्त भएको उनको दावी छ । वडा नम्बर ८ मा ८० हेक्टर सिचाई गर्न राप्ती लाहापे लिफ्ट सिचाइ योजना शुरु गरेको र ४ लाख घन मिटरको टयांकी निर्माण गरेर सिचाइको योजना अन्तिम चरणमा पुगेको बताए ।
घिमिरेले ५ वर्षमा भित्राएका योजना भावी रणनीति
१) पाणिनि गाउँपालिकाको पटैती–पातला देखि खज्याङ १५ किलोमिटर सडक बहुबर्षीय योजना परेको र कालोपत्रे हुने
२) घुम्ती–दुर्गाफाँट सम्म पिच गर्ने
३) शितगंगा नगरपालिकाको भेडामारे–सिमलपानी–पिपरा सडक कालोपत्रे
४) झोलुंगे पुल–सुर्वणखाल सडक स्तरोन्नती
५) ठाडा–ऐरावती कालोपत्रे, हर्रे–सिद्धारा–लाहापेसम्मको सडक खोल्ने र स्तरोन्नती बनाउने
६) भुमिकास्थान नगरपालिकामा सन्धिखर्क–गच्छे–रामपुर दाङम्म बहुवर्षीय ठेक्का प्रक्रियामा गएको छ । धनचौर–टेडके ग्राभेल गर्ने र आगामी गच्छे देखि चैतेसम्म कालोपत्रे गर्ने
७) सन्धिखर्क–नुवाकोट–खिल्जी–असुरकोट–जैटारी धेरै कालोपत्रे भएको छ र बाँकी सम्पन्न गर्ने
८) नरपानी–नुवाकोट सडक बहुवर्षीय ठेक्कामा गएको छ र बाँकी कालोपत्रे गर्ने, सेङलेङ देखि सुपाखेउरालीसम्म जोड्ने ट्रयाक खुलेको र यो वर्ष स्तरोन्नती, ग्राभेल गर्ने
९) सन्धिखर्क नगरपालिका भित्र फुदवाङ–खाँचीकोट–डिही–खाँचीखोला सडकलाई स्तरोन्नती भएको छ ग्राभेल गर्ने र घुम्ती–फुदवाङ ग्राभेल गर्ने
१०) रामपुर–कपुरकोट सडक धमामध निर्माण भैरहेको छ
११) खानेपानीको एक सय वटा आयोजना सञ्चालनमा रहेका छन् तीनलाई सम्पन्न गर्ने र छुटेका बस्तीमा केही नयाँ सञ्चालन गर्ने
१२) सुवर्णखाल, खिल्जी, गाडकुलो सिचाई, दमारबेशी सिचाई आयोजना सम्पन्न भएका छन् ।
१३) लाहापे, विक्रमसोता र मुसिवाङ सिचाइ आयोजना सम्पन्न हुँदैछ, नयाँ बस्ती र तिनखन्ने सिचाई आयोजना सम्पन्न भएको छ ।
१४) सन्धिखर्क नगरपालिकाको कुँडुले, सुप्रिम, वृत्ति र फुदवाङ सिचाइ आयोजना, गोठेवाङ र बलेवाङ सिचाई आयोजना सम्पन्न हुदैछन् र सञ्चालनमा रहेकालाई सम्पन्न गर्ने
१५) पाणिनि गाउँपालिकाको बतासे सिचाइ आयोजना अगाडी बढिरहेको र त्यसलाई सम्पन्न गर्ने, दुर्गाफाँट र सिस्ने सिचाई आयोजना सम्पन्न गर्ने यी सहित २६ वटा सिचाई आयोजना सञ्चालनमा रहेका छन् ।
१६) जीर्ण स्वास्थ्य चौकी भवन निर्माण गर्ने
१७) आफ्नै पहलमा अर्घाखाँची अस्पतालमा भूकम्प प्राधिकरणबाट ५० वेडको अस्पतालको लागि ४५ करोड बजेट परेको छ । पुनः थप बजेट पारेर भौतिक संरचना पुरा गर्ने र पालिकामा शुरु भएका १५ वेडको अस्पतालका भवन पुरा गर्ने
१८) पर्यटन तर्फको नरपानीलाई दक्षिण एसियाकै महत्वपूर्ण र आकर्षक हिल स्टेशन बनाउनको लागि केपी ओली सरकारले छुट्टाएको बजेट गठबन्धन सरकारले काटिदियो ।
१९) धार्मिक पर्यटकीय स्थल सुपादेउरालीमा मास्टर प्लान बनेको छ । पर्यटनका भौतिक पूर्वाधार बनाउने ।
२०) खाँचीकोट दरबारलाई पूर्वाधार बनाएर आकर्षण गर्ने, सेङलेङमा होमस्टे निर्माण भएको छ त्यसलाई विकास गरेर पर्यटकीय क्षेत्र बनाउने
२१) पाणिनि तपोभूमिलाई आकर्षण गन्त्वय बनाउने । त्यहाँ पुग्ने सडक कालोपत्रे भएको छ । आवास गृह निर्माण गर्ने र निर्माणधीन सभाहल सम्पन्न गर्ने ।
२२) युवाहरुलाई कृषि, पर्यटन उद्यममा जोडेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । कृषिलाई व्यवसायीकरण गर्ने, उद्योग, वाणिज्य व्यापार क्षेत्रमा युवालाई लगाउने र स्वरोजगारका आधार तयार गर्ने
२३) चुत्रावेशीमा तटबन्ध गरी बाढी आउँदा बजार संरक्षण गरिएको छ । घोचे र भद्री खोलामा तटबन्ध गर्ने ।
२४) सन्धिखर्क बजारमा सडक पेटी निर्माण गर्ने र बजारको सौद्रयीकरण गर्ने ।
२५) ठाडाको दह देखि अमराई बजारलाई आधुनिकीकरण गर्ने, बुढिचौर बजार व्यवस्थित गर्ने ।
२६) दुर्गाफाँटमा व्यवस्थित बजारीकरण गर्ने र भुमिकास्थानमा मास्टर प्यालन तयार गरी विकास गर्ने
२७) प्राविधिक शिक्षालय खोलेर प्राविधिक उत्पादन गरी युवालाई रोजगारी सृजना गर्ने ।
२८) पाणिनि बुहमुखी क्याम्पसको भवन निर्मँण सम्पन्न भएको छ ।