अर्घाखाँची ।
नेकपा (एमाले)का सचीव तथा पुर्व मन्त्री टोपबहादुर रायमाझीले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छ्न ।
एमाले को एक कार्यक्रममा नेता रायमाझीले स्थानीय चुनावले एमालेलाई खासै असर नगरेको उल्लेख गर्दै एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए ।
नेता रायमाझीले चुनाव एक्लाएक्लै लडेमात्र चुनावको अर्थ रहने बताउदै सत्ता गठबंधनको लक्ष्य उदेश्य केही नभएको आरोप लगाए ।