Author: नेपाल राज्य
अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीको इन्चार्जमा महिला नेतृ श्रृजना पौडेल आचार्य चयन भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे प्रथम पूर्ण बैठक सन्धिखर्कमा बिहिबार सम्पन्न भएकाे छ । बैठकले पौडेल लाई चयन गरेको हो । महिलाको नेतृत्वमा देश विकास हुन्छ समाज वा समुदायको आर्थिक, सामाजिक र राजनीतिक प्रगतिमा महिलाले नेतृत्व लिने र सक्रिय भूमिका खेल्ने गरेको पाइन्छ । विकसित देशहरुमा महिलाहरू विकासका हितग्राही मात्र होइनन्, बरु विकास एजेन्डा तय गर्न र विकास योजना तर्जुमा निर्णय गर्ने कार्यमा नेताको रूपमा सहभागी हुने गरेका छन् । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीले जिल्ला भित्र विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ…
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो प्रमुख स्वकीय सचिवमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का कुशल भुसाल र दाङ लमहीका दशरथ घिमिरेलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भुसाल नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति, अर्घाभगवती यातायात प्रालिका महासचिव र नेकपा एमाले सन्धिखर्क नगर कमिटी सचिव हुन् । प्रेस संयोजकमा नियुक्त घिमिरे दाङमा डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । शिक्षामा स्नातक उत्तीर्ण उनी नेपाल टेलिभिजन र दाङबाट प्रकाशित ‘युगबोध’ दैनिकमा कार्यरत छन् । घिमिरे एमाले निकट प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष एवं पत्रकार महासंघ दाङ शाखाका सहसचिव पनि हुन् । बिरेन्द्र केसीले…
काठमाडौं । अनलाइन मार्फत जीवन साथी खोज्न ‘लमी’ सञ्चालनमा आएको छ। सिर्जनशील सोच भएका युवाहरूले अनलाइन मार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन्। कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्टाग्राम बाट उक्त सेवा सुरु गरिएको जानकारी दिए। छिट्टै कम्पनीको एप र वेबसाइट सञ्चालनमा ल्याउने बताईएको छ। अनलाइन मार्फत प्रेम जोडी र जीवन साथी खोज्न सघाउने उद्देश्यले यो व्यवसाय सुरु गरेको उनले जानकारी दिए। फेसबुकमा रहेको ‘लमी-म्यारी फर रिजन’ र इन्स्टाग्राममा ‘लमी-नेपाल’ पेज मार्फत उक्त व्यवसाय प्रवर्द्धनको काम भइरहेको छ।
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीज नजिकिदै गर्दै गर्दा कलाकारहरुले तीजका गीतहरु एकपछि अर्काे गर्दै बजारमा ल्याएका छन् । नेपालीहरुको संस्कार, संकृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको नयाँ गीत “नक्कले साईली” सार्वजनिक गरेका छन् । गीतको शब्द, संगित स्वयम खनाले नै गरेका हुन् । गीतमा स्वर खनाल र कल्पना विष्टको रहेको छ । खनालका दर्जनौ गीत बजारमा छन । खनालका गीतमा मौलिकता झल्किएको हुन्छ ।धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिइएकी हुन्। गीतकोे संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । उक्त गीत इरा स्टुडियोमा…
माधव खनाल, अर्घाखाँची । लुम्बिनी प्रदेश दक्षिण कोरिया समाजको अध्यक्षमा अर्घाखाँचीका खनाल निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन दक्षिण कोरियाको दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न भएको हो। अधिवेशनले अर्घाखाँचीका हिमाल खनालको अध्यक्षतामा २७ सदस्यिय दक्षिण कोरिया लुम्बिनी प्रदेशको कार्यसमिति चयन भएको छ। जसको वरिष्ठ उपाध्यक्ष मदन गौतम उपाध्यक्ष ,किरण बन्जाडे,नरेश शर्मा ,विज्ञान अर्याल,मिलन थापा मगर,नारायण न्यौपाने ,बिरेन्द्र राहु मगर र महिला उपाध्यक्ष नमुना ज्ञावली महासचिव जयराम खनाल,सचीव दामोदर भुसाल ,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिव वर्षा भण्डारी कोषाध्यक्ष जितेन्द्र के सी सह-कोषाध्यक्ष राजेश कुमार चौरसिया साहित्य संयोगजक शुशिल बि क युवा…
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयकाे सुचना खानेपानीका मुहान सफा राखाैं, मुहान वरिपरि रूख राेपेर हरियाली बनाअाैं स्वच्छ पानी पिउ, स्वास्थ्य जीवन जिअाैं पानीको गुणस्तरमा कुनै सम्झौता नभएकोले गुणस्तरीय स्वच्छ पानी पिउ र पानीजन्य राेगबाट आफु बचाैं र अरूलाई पनि बचाअाैं खानेपानीका याेजना सप्पन्न गर्न उपभोक्तहरू जुटाै अनुरोधक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, अर्घाखाँची
वीरेन्द्र केसी, अर्घाखाँची । क्षेत्रफलका हिसाबले देशको ठूलो अर्घाखाँची शितगंग नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँ बजेट ल्याएको छ। शनिबार १५ औं नगरसभा मार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेको छ । संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजश्व बाँडफाँडतर्फकाे रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान रहेको छ । लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख,…
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव दिएकी छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको समन्वय तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधनका विषय’ अन्तर्गतको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनीले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहले कर्मचारी राख्न नहुने सुझाव दिइन् । अध्यक्ष खड्काले वि.सं २०७५ मा पत्रकार तथा सञ्चारमाध्यममा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक तोकिएकाले यसलाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताइन् । पछिल्लो समय प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप सङ्कट र चुनौती थपिएको उनीको भनाइ छ । प्रविधिको विकाससँगै चुनौती थपिएको…
हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोज बहादुर रायमाझी विधान सर्वसम्मत् चयन भएका छन् । सनिवार एमालेको नवौं जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत् रुपमा चयन भएका हुन् । नवौँ अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना मध्ये ५३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए । यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको हो । उत्साह सहित फोटो सेल्फी लिनेको पनि बाक्लो उपस्थिति रहयो । निर्वाचन…
माधव खनाल,अर्घाखाँची । सामाजिक संजाल मार्फत भाइरल बनेकी अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग ठुलाखोला निवासी निर्मला नेपालीको पहिलो लोकगित मायाको प्रमाण सार्वजनिक भएको छ ।बबिता श्रेष्ठ ‘मलेकु’द्वारा निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । हालै उनले निर्देशन गरेको यो भिडियो रिलिज भएको हो। बिहिवार मात्रै रिलिज भएको उक्त गितमा राजन बिकको शब्द रचना रहेको छ भने, संगीत महेन्द्र भण्डारीको छ भने अर्जुन कुँवर र निर्मला नेपालीको आवाज रहेको गीतमा मायाप्रेमको विषयमा चर्चा गरिएको छ। एक अर्काले मायाको प्रमाण दिन आग्रह गरेका छन्। माया प्रेमबीचको प्रमाण जुटाउन लागि परेको गितको अभिनय दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल…
