Author: नेपाल राज्य
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए । ‘जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’ उनले माओवादी धाराका कम्युनिस्ट…
अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे अध्यक्षमा मित्रमणि मिश्र चयन भएका छ्न । सनिवार सम्पन्न प्रथम जिल्ला अधिबेशनले मिश्रकाे नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो । कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले मन्तव्य राख्दै अहिलेको सरकार धेरै नटिक्ने जनता नेकपा एमालेको पक्षमा रहेको दाबी गरेका हुन । विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्न पार्टी संग हामीले छलफल र परामर्श गरिरहेको बताए । अथिती नेकपा एमाले प्रदेश कमिटी सदस्य जर्नादन खनाल , रेटर्नी फेडेरेसन नेपाल केन्द्रिय सदस्य वसन्त केसी लगायतले मन्तव्य राखेका थिए । सिर्जना…
हरि कुँवर ,अर्घाखाँची । मृगौला रोगले पीडित श्रृजना जि.सीको उपचारमा आर्थिक समस्या देखिएको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी प्युडाँडा निवासी कमल जि .सी. र कमला जि.सी. कि २१ वर्षिया छोरी श्रृजना जि.सी. का दुबै मृगौला संक्रमण हुँदा आर्थिक सहयोग जुटाई दिन परिवारले आग्रह गरेको हो । परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा समस्या देखिएको हो । परिवारले आर्थिक सहयोग जुटाई दिन सबै सँग आग्रह गरेका हुन् । कमलले भारतको नयाँ दिल्लीमा सामान्य नोकरी गरी जिविकोपार्जन मात्र गरीरहेको अवस्था छ ।सम्पत्ति सबै छोरिको उपचारमा सकेपछि अब छोरिको उपचार खर्च जुटाउने केही उपाय नभएको पीडित कमलले बताए । उनलाई…
केशव पन्थी, अर्घाखाँची । नबिल बैंकले शुक्रबार नयाँ शाखा उद्घाटन गरेको छ। नबिल बैंक छत्रगन्ज शाखाद्वारा छत्रदेव गाउँपालिकाको वार्ड न ४ को रिढाकारुखमा नबिल बैंक को अर्घाखाँची जिल्लामा पहिलो शाखा रहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नु भएको थियो भने नबिल बैन्क छत्रगन्जका शाखा प्रबन्धक जिबन खनालको अध्यक्षता व्यवसायिक प्रतिनिधि शेर बहादुर सारु मगर को स्वागत मन्तब्य छत्रदेव गाउपालिकाका उपाध्यक्ष मनि पन्थि प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, नबिल बैंक सन्धिखर्कका शाखा प्रबन्धक डोलराज न्यौपाने छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष भिमलाल खनाल तथा श्री महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक…
कमला घिमिरे,अर्घाखाँची । नेविसंघ र तरुणदलको पहलमा दिप प्रज्वलन कार्यक्रम शान्ति बगैंचामा सम्पन्न भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए सगै पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै नेविसंघ र तरुण दल अर्घाखाँचीको पहलमा सन्धिखर्क शान्ति बगैचामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अध्यक्षता नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस प्रदेश सदस्य शान्ता भन्डारी, तरुणदल अध्यक्ष नारायण खडका, नेविसंघ नेता, भरतमणि भट्टराई वडा अध्यक्ष माधव श्रेष्ठ , महिला संघ सचीव रुपा कडेल ,तरुण दल सदस्य छमा कार्की, कृष्ण भुसाल लगायतको उपस्थित मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न…
काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा आगाे देखिएकाे छ । उडेकाे केही समयमा इन्जिनमा आगाे देखिएपछि जहाज फर्काएर काठमाडाैँमा आकस्मिक अवतरण गराइएकाे विमानस्थल स्राेतले जनाएकाे हो ।
चौथो अर्घाखाँची प्रीमियर लिग (APL) सुरु , क्रीकेट खेलले जिल्ला प्रदेश नेपाललाई विश्वसमक्ष चिनायो : जीवनारायण कोइराला
हरि कुँवर, अर्घाखाँची । अर्घाखाँची क्रीकेट संघको चौथो अर्घाखाँची प्रीमियर लिग (APL) सन्धिखर्कमा सुरु भएको छ । चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको जिल्ला समन्वय समिति (जिसस)का प्रमुख जीवनारायण कोइरालाले ब्याटिङ गरेर उद्घाटन गरि क्रीकेट खेलले जिल्लामा जन्मिएका खेलाडीले जिल्ला प्रदेश नेपाललाई विश्वसमक्ष चिनाएको बताए । खेलाडीको प्रसंशा गर्दै खेलले मानिसलाई शारिरीक र मानसिक स्वास्थ्य राख्नुका साथै नियमित र परिश्रमी बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले प्रतियागिताकाे सफलता सँगै सहभागी सबै खेलाडीलाई शुभकामना समेत दिएका थिए । “स्वास्थ्यका लागि खेलकुद, रास्ट्रको लागि खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुल नारा सहित खेलमा करिब १५ लाख खर्च हुने बेस्ट…
काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि चार दिनअघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।
हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले “मिसन ग्रासरूट” अभियान लाई जिल्लाका विभिन्न स्थानीय तहमा तिव्रताका साथ अगाडि बढाएको छ । नेकपा एमाले अर्घाखाँचीले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत मालारानी गाउँपालिका वडा नं. ४ खनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले पार्टी पाेलिटब्युराे सदस्य अभियानका केन्द्रीय प्रतिनिधि सुर्य थापाकाे प्रमुख आतिथ्यता, पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, सचिव ताेजबहादुर रायमाझी, कार्यालय सचिव लिलबहादुर बि.क., जिल्ला कमिटी सदस्यहरू बालकृष्ण आचार्य, गंगाराम खनाल, मुनाल खड्का, बिष्णु आचार्य, जिल्ला जेष्ठ कम्युनिष्ट मंचका सचिव पर्सुराम पाेख्रेल, पालिका कमिटी उपसचिव गाउँपालिका उपाध्यक्ष दिपा पाेख्रेल, जिल्ला सल्लाहकार परिषद सदस्य,…
नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको ३१औं साधारण सभा तथा अधिवेशन सम्पन्न, सभापतिमा पुनः भुसाल
अर्घाखाँची। नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाको सभापतिमा कुशल भुसाल पुनः चयन भएका छ्न । सन्धिखर्कको साथी होटलमा शाखाको ३१ औं साधारणसभा तथा जिल्ला अधिवेशनले सभापति कुशल भुसालको नेतृत्व चयन गरेको थियो । जसको महिला उप- सभापतिमा प्रभा पाण्डे पोखरेल , उप – सभापति चन्द्र प्रसाद बन्जाडे, मन्त्री तुल्सिराम पौडेल,उप- मन्त्री नवराज रायमाझी,कोषाध्यक्ष हरि बहादुर के. सि.,उप- कोषाध्यक्ष मनिराम अधिकारी,सदस्यहरुमा शंभु प्रसाद पोखरेल, छमा कार्की , शारदा खनाल बि. क. , अम्बिका बेल्बासे श्रेष्ठ बसन्ता जि. सि., बिष्णु प्रसाद पराजुली, रुद्रलाल चुँदाली, रुद्र प्रसाद पराजुली, शालिकराम बल्बासे र बाबुराम खड्का चयन भएका हुन । पुस २०७६ सालमा ३० औ साधारण…