Author: नेपाल राज्य
भक्तपुर। नेपाल पत्रकार महासंघ प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा सम्पन्न भएको छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा सनिवार सम्पन्न गरेको हो । शनिबार रातको १०:३० बजे सकिएकाे भक्तपुर को राष्ट्रिय भेलाले गरेका निर्णय हरु : १. शाखाकाे कार्य समितिले निर्णय गरि सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरि पास गरेका सदस्यता कायम गर्ने । (जिल्लाले पठाएको तर प्रदेशले हटाएकाे नामहरुमा जिल्लालाई नै कायम गर्ने) २. विवाद भएका शाखाहरु हकमा केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने । ३. सदस्यता सम्बन्धि सबै विवाद कार्तिक…
हुम्ला । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ । हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उहाँसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।
अर्घाखाँची । नेकपा एमाले शितगंगाकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले शितगंगाकाे दाेस्राे अधिवेशनले सञ्जय रानाकाे अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसहमत रूपमा निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा नवराज भुसाल, सचिव माधव अधिकारी, उपसचिव देबिराम घिमिरे र राधा पाण्डे लाई चयन गरिएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।
बिष्णु खनाल, अर्घाखाँची। नेपाली काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा राहात स्वरुप ३१ हजार १ सय ५५ रुपैयाँ जम्मा गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको विपि स्मृती भवन सन्धिखर्कमा आज बसेको बैठकले केन्द्रीय विपद व्यवस्थापन कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । हालै अविरल परेको वर्षाका कारण कैयौ मानिसको ज्यान गएको, सयौं नागरिक घाईते र हजारौं नागरिक घरबार बिहिन भएका साथै अर्बौ रकम बराबरको क्षती भएकाले राहात रकम जम्मा गर्ने निर्णय गरिएको काँग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । देश तथा विदेशमा छरिएर रहेका अर्घाखाँचीबासी नागरिकमा विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न…
काशीराम घिमिरे , अर्घाखाँची । आयो द्रोणसुते सिर्यो दशरथे शत्रुक्षयो राधवे ऐश्वर्य नहुषे गतिश्छ पवने मानञ्च दुर्योधने सौर्य शान्तनवे वलं हलधरे सत्याञ्च कुन्तिसुते बिज्ञानं बिदुरे भवन्तु भवतां किर्तिश्च नारायणे। हिन्दू हरुको माहान चाड बडादशै यतिबेला शुरु भएको छ। देशको देवि मन्दिरमा पूजा साथै बाजागाजाको रमाइलो सुरुभयो बिदेसिएका आफन्तजन घरपरिवार र आफन्त जनसंम्झी मान्यजनको हातको टीका लगाइ आशिर्वाद लिनको लागि आफ्नो जन्म ठाउँ फर्किरहेका छ्न। यो सँगै हिन्दुहरुको माहानचाड बडादशै सुरुभैसकेको छ।हरेकचाडपर्वको मनाउने विधि परम्परा हरु हुने गर्दछ । त्यो अन्तर्गत बडा दशैमा पनि हाम्रो संस्कृती विधि परम्परा अनुसार मनाउने गरिन्छ।दशैपर्व हिन्दुहरुको महान पर्वहो यश पर्वमा टाढा ,टाढा गएका आफन्तजन हरु…
बुटवल । लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना दिदै मुख्यमन्त्री चेतनारायण आचार्यले सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिएको बताएका हुन । प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो । मुख्यमन्त्री आचार्यले ‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटनबाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने बताए । नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको हो । लुम्बिनी भ्रमणमा…
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो । बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ । प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी…
काठमाडौं। मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ को बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । मंसिर ३ मा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै मंसिर ५ को दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका छन् ।
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला सुक्खा पहिरोमा परी बेपत्ता भएकी छिन् । घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेर ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता भइ कि हुन । नजिकैको बनमा ठुलै पहिरो गएकोले पहिरोले पुरेको हुनसक्ने स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।
