Author: नेपाल राज्य
अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीले गणतन्त्र खतरामा परेको भन्दै सडक प्रदर्शन गरेको छ । सोमबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको जनप्रदर्शन तथा जागरण सभामा ४ हजार भन्दा अधिक नेता कार्यकर्ता शुभचिन्तकहरु उपस्थिती रहेका थिए। नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’ ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’ ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ ‘व्यवस्था विरोधी तत्त्व होसियार’ लगायतका नारा लगाएर विरोध गरेका थिए । कार्यक्रममा नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई केही प्रतिक्रियावादी शक्तिहरूले अनावश्यक टिप्पणी गरी अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका थिए । प्रतिगामी षड्यन्त्र र अराजकताको विरुद्ध तथा लोकतान्त्रिक गणतन्त्रका पक्षमा प्रदर्शन मार्फत खबरदारी गरिएको…
विरेन्द्र केसी ,अर्घाखाँची । आगलागीमा परी भूमिकास्थान नगरपालिका-७ पानडाँडामा घर र गोठ जलेर नष्ट भएका छन् । स्थानीय लोकबहादुर थापाको तीनतले घर, रेलबहादुर थापाको कच्ची गोठ र तिलकबहादुर रायमाझीको कच्ची घर र शौचालय जलेर नष्ट भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । गोठमा रहेका एरउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर नष्ट भएका छन् । घरमा आगो एक्कासि लागेको र सबै घरगोठ जलेर पूर्ण रूपमा क्षति भएका छन् । आगलागी भएपछि स्थानीय, सुरक्षाकर्मीलगायतको टोलीले निभाएको थियो ।
शितगंगा नगरपालिका अर्घाखाँचीकाे सुचना – शितगंगाका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलमा घुमफिर गराैं – जन्म, मृत्यु, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराैं -विद्यालय जाने उमेर भएका बालबालिकालाई विद्यालय पठाअाै राजश्व समयमै तिराैं – सम्बन्धित विपद् जाेखिम, आगालागीबाट सुरक्षित रहाैं – आफ्नो पायक पर्ने स्थानको सडकको छेउछाँउमा घाँस तथा अन्य बिरुवा राेपी हरियाली बनाउ – खानेपानीका मुहान सफा राखाैं साथै सबैले पानी शुद्धीकरण गरेर मात्रै पिउने बानीकाे विकास गराैं – बालविवाह सामाजिक अपराध भएकोले विवाह गर्ने उमेरका सबैलाई २० बर्षपछि मात्र गराैं गर गराअाैं अनुरोध…
लक्ष्मण घिमिरे, अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तिन महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उप–महानगरपालिका–८ निवासी ५५ वर्षीय जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षीय उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीय…
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय वन निर्देशनालय डिभिजन वन कार्यालय, अर्घाखाँची वन डढेलो सचेतना सम्बन्धी सुचना खाना पकाइसकेकपछि आगो, ग्यास चुल्हो वा हिटर निभाइहालौं सलाई लाइटर जस्ता आगो सल्काउने चिज, मट्टितेल, डिजल, पेट्रोल जस्ता अति प्रज्वलनशिल पदार्थहरु बालवालिकाको पहुच भन्दा टाढा राखौं र बयस्क व्यक्तिहरुले समेत सावधानीपूर्वक प्रयोग गरौं गोठमा, बारीमा वा अन्य ठाउमा कुँडो पकाइसकेपछि राम्ररी पानी हालेर आगो निभाउने गरौं खेतबारी, जंगलमा अनावश्यक रुपमा आगो लगाउने, आगो लगाएर छाड्ने काम नगरौं र आफ्नो वरपर पनि कसैलाई नर्गन दिऔं । आगलागी जोखिम रहेका घर, बस्ती नजिकै पोखरी, ट्यांकी वा अन्य कुनै तरिकाले पानीको जोहो गरि राखौं, स्याउला,…
काठमाडौं । समाजवादी मोर्चाले आउँदो चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजावादीको काउन्टरका रूपमा समाजवादी मार्चाले प्रदर्शन गर्न लागेको हो । आज बसेको मोर्चाको बैठकले पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन तय गरेको हो । ‘आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने । त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय गरिएको छ । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर,…
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले सत्तारुढ दल र ठूला नेताकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सलबलाएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरुको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए । पूर्वराजा भइसकेको व्यक्ति विमानस्थलबाट घर जाँदा दलहरू आत्तिनु अनौठो भएको उनको भनाइ छ। ‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो, सत्तापक्षका होनाहार नेताहरुका कुरा पनि सुनियो। यो सदनको बहस सुन्दा यो जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो’, यादवले भने, ‘एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्य सत्ता…
हिम लेकाली, सन्धिखर्क। मदरल्याण्ड ईङ्गलिस बाेर्डिङ्ग स्कुल सन्धिखर्क १ अर्घाखाँचीकाे १८ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस आईतवार सन्धिखर्कमा सम्पन्न भएकाे छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले प्रविधि मैत्री र गुणस्तरीय शिक्षा आजकाे आबस्यकता भएकाे बताउँदै निजि विद्यालयले गरेकाे उत्कृष्ट कामकाे प्रशंसा गर्नु भयाे ,निजि विद्यालयले गरेकाे उपलब्धि मुलक शैक्षिक कार्यबाट सरकारि र सामुदायिक विद्यालयले शैक्षिक गतिबिधिका कृयाकलापहरूकाे अनुसरण गर्नु पर्ने कुरामा उहाँले जाेड दिनु भयाे । उहाँले मदरल्याण्ड विद्यालयकाे थप प्रगतिकाे शुभकामना समेत ब्यक्त गर्नु भएको थियाे । कार्यक्रममा विद्यार्थीहरूलाई २०८० काे कक्षागत शैक्षिक उपलब्धि पुरस्कार…
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ । अभियान अन्तर्गत ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने छ । अभियानको उद्घाटन दिउसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपा ललितपुर हुनेछ ।
हिम लेकाली, अर्घाखाँची । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस ( 8 March 2025 ) ” सबै महिला तथा बालिकाकाेलागी अधिकार ,समानता र सशक्तीकरण ” भन्ने मुल नाराका साथ सन्धिखर्कमा मनाईएकाे छ । दिवसकाे अवसरमा सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखाकाे आयाेजनामा लाेक गीत तथा नृत्य प्रतियोगिता शनिबार सन्धिखर्क सभाहलमा सम्पन्न भएको छ । नगरपालिका उप प्रमुख मिश्रा आचार्यकाे अध्यक्षतामामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीव नारायण काेईरालाले शुभकामना मन्तव्य राख्दै हामी सबै दिन दुखि महिला दिदिबहिनिहरूकाे सहयाेग र सेवामा जुट्न सके र उनिहरूकाे दयनिय अवस्था फेर्न सकेमा मात्र नारी दिवस मनाएकाे सार्थकता हुने बताउनु भयाे ।…
