Author: नेपाल राज्य
काठमाडौँ। “फेरि अनुरोध गरेँ। जग्गा बिकेन र उपचारको खर्च जुटाउन असमर्थ भएँ। तपाईंहरूलाई लाग्छ र उचित ठान्नुहुन्छ भने जग्गा बिक्री भएपछि फिर्ता गर्ने शर्तमा तपाईंहरूलाई अप्ठ्यारो नपर्नेगरी ऋण दिएर सहयोग गर्नुहोला। एक उपाय बाँकी रह्यो। उपचार असफल भएर म रहिन भने पनि पैसा फिर्ता हुन्छ।” सरल सुमनले सोमबार ट्विट गरेका छन्। पछिल्लो समय उनले लगातार सहयोगको आह्वान गरिरहेका छन्। तर सापटीको रूपमा मात्र सहयोग लिने उनको अठोट छ। मंगलबार भने उनले निकै भावुक हुँदै अर्को ट्विट गरे। उनले लेखेका छन्, “श्री पशुपतिनाथ गएँ! थाहा छ, यो अन्तिमपटक पनि हुनसक्छ। निकै बेर शान्तसँग बसेँ। ‘शिव’ आफैँमा विराट दर्शन… सबैले त्यागेका बहिष्कृत……
अर्घाखाँची । पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गलाई जोड्ने मार्ग हो – मदन भण्डारी लोकमार्ग । गुल्मीको सिमलटारी हुँदै प्यूठानसम्म निर्माण थालिएको यस आयोजनाको निर्माण काम धमाधम भइरहेको छ । ३३ महिनामा पूरा गर्ने लक्ष्य राखिएको यो लोकमार्ग सम्पन्न भए प्यूठान, अर्घाखाँची, गुल्मीलगायत जिल्लामा कृषि र पर्यटनको विकासको ढोका खोल्ने विश्वास छ । गुल्मीको मदाने गाउँपालिका-७ भनभनेका खीमबहादुर जिसीलाई अहिले निर्माण भइरहेको मदन भण्डारी लोकमार्ग समयमै सम्पन्न भए आफ्नो गाउँ र सिगों लुम्बिनी प्रदेशका पहाडी जिल्लाको विकास हुने आसा पलाएको छ । आँगनबाटै ७ मिटरको पक्की सडकमा यात्रा गर्दै प्रदेश राजधानी दाङ र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा सहजै पुग्न सकिने विश्वास…
हरि कुँवर, अर्घाखाँची । फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने भएको छ । मालारानी गाउँपालिका वडा नं ७ बामरुकमा अबस्थित ऐतिहासिक पर्यटकीय स्थल नरसिंहस्थान मन्दिरमा विगतका वर्षहरुमा जस्तै फागु पुर्णिमाको दिन बृहत भजन कृतन हुने भएको हो । फागु पुर्णिमा अर्थात् २२ गते सांझ ४ बजे देखी २३ गते सांझ ४ बजे सम्म २४ घण्टा बृहत भजन कृतन हुने भएको छ । बुधबार मन्दिर ब्यवस्थापन समिति बैठकले सम्पुर्ण भक्तजनहरुमा उपस्थितभै पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा समेत गरेको छ।
सपना घिमिरे राजनीतिक स्थिरता देशले अवलम्बन गरेको राजनीतिक प्रणालीमा निर्भर गर्छ । तर अस्थिरताले त्यसभन्दा छुट्टै वातावरणको निर्माण गर्दछ । हरेक ठाउँमा राजनैतिक भागबन्डा, खिचातानी, झगडा, राजनीतिक हस्तक्षेपले विकास होइन विनाशतिर समाज र देशलाई धकेलेको छ । सामान्यतः स्थिरताले विकासतिर धकेल्दछ, विकासको ढोका खुल्छ तर त्यो चाहना अधुरै हुँदै आएको छ । राजनीतिक अस्थिरताले देश सबै कुरामा अस्तव्यस्त बनाएको छ । समृद्धि, विकास, सकारात्मक परिवर्तन हुनुपर्ने मुलुक झन् पछि झन् पछाडि धकेलिएको छ । हरेक पटक परिवर्तनको उत्कट चाहाना राख्दै नागरिकहरु आन्दोलनमा होमिएर ज्यानको आहुति दिदै आएका छन् । छोटो समयमा नेपालले प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा आइपुगेको छ…
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा–१ की ६४ वर्षीया नारायणी पौडेलले डेढ दशकदेखि एक्लिएका गुल्मी धुर्कोट–२ सुफलका ८४ वर्षका कुलानन्द खनाल संग विवाह गरेकि छन् । छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको खनालको भनाइ छ । उनी छोरानाति छुट्टिएर बेग्लै बसेका छन् । पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । ‘छोराछोरी जागिरे छन्, नातिनातिना जागिरे छन् । श्रीमती बितेको १५ वर्ष भयो, आफ्नो जोडा बितेपछि एक्लैजस्तो, तातोपानी खान दिने कोही भएन,’ उनले भने, ‘दुःख परेपछि जोडा चाहिने रहेछ, त्यसैले विवाह गरें ।’ कुलानन्दसँग विवाह बन्धनमा बाँधिएकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन् । ‘छन त तीन छोरा,…
हरि कुँवर, अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद टाेपबहादुर रायमाझीले मदन भण्डारी लाेकमार्ग (NH19 सिलन्यास) आइतबार एक कार्यक्रम बीच शुभारम्भ गरेका छ्न। मदन भण्डारी लाेकमार्ग अन्तर्गत अर्घाखाँची जिल्लाकाे बिहार-अर्घा- भण्डार – रतनमारे- गाेखुंगा सडक खण्डको बिहारमा शुभारम्भ गर्दै संघीय सांसद टाेपबहादुर रायमाझीले यो सडकले जिल्लाको विकासमा टेवा पुग्ने बताएका हुन । याे सडकले पुर्ब-पश्चिम क्षेत्र जाेड्ने भएको छ। पर्यटन भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । श्रेष्ठ कन्टक्सनको ठेक्का १ अर्ब ३० कराेड लगानीमा ३३ महिनामा याे सडक पूरा गर्ने लक्ष्य छ ।
हरि कुँवर अर्घाखाँची । प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीले पत्रकार प्रकाश महतको निवासमा पुगी समवेदना व्यक्त गरेको छ । मालारानी-५ बाँगी पलसपाटा महतको निवास पुगी महतको निधनप्रति समवेदना तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हो । समाज खेलजगत पत्रकारिता पक्षमा पुराएको योगदान अतुलनिय रहेको प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठले प्रतिक्रिया दिए । उनको योगदान हाम्रो समाजमा मन मष्तिष्कमा सदैव ताजा रहने उनले बताए । मन वचन र कर्मले सदैव साथ सहयोग रहने बताएका हुन । अत्यन्त मिजासिलो र एक ईमान्दार मित्र गुमाएको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताए । उनले दोषी लाई कार्वाही र पिडित परिवारलाई कानुन…
शिवराज बेल्वासे ,अर्घाखाँची । डवल क्याप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा न. ४ पटौटिमा लु.१ ज २६८५ नम्वरको डवल क्याप गाडि दुर्घटना भएको हो। दुर्घटनामा परि ४ जना घाईते भएका हुन । शुक्रबार राति पटौटिको चोराहा भन्ने स्थानमा दुर्घटनामा परेको गाडि बुटवल बाट गुल्मीको खर्याज्ङ जान लागेको थियो । दुर्घटना भएको खबर पाए लगत्तै स्थानियले उद्धार गरि घाईते मध्ये २ जनालाइ मिसन अस्पताल पाल्पा पठाईएको छ ।
चितवन । आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले ७८ वर्षीया आमा मीनाकुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकामा प्रहार गरी हत्या गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आमा–छोराबीच विवाद हुँदा उनले बुधबार राति ९ः२५ बजे दाउराले प्रहार गर्दा आमाको मृत्यु भएको हो । छोरा पुरनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज दिउँसो घर नजिकैको चौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी…
हरि कुँवर, अर्घाखाँची । अर्घाखाँची क्रीकेट संघले चौधौं अर्घाखाँची प्रीमियर लिग (APL) बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता फागुन २३ गते देखी सन्धिखर्कमा सुरु हुने भएको हो। जसको प्रथम पुरस्कार १लाख १ हजार रहने छ भने दोस्रो पुरस्कार ५१ हजार ट्रफी मेडल प्रमाणपत्र रहने अर्घाखाँची क्रीकेट संघका अध्यक्ष ऋषि भट्टराईले जानकारी दिएका हुन। खेलमा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । जसमा चार वटा टिमले भाग लिने छ्न भने दर्ता शुल्क २० हजार रहेको छ ।
