Author: नेपाल राज्य

टेकराज भुसाल, अर्घाखाँची । भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्ग थापाडाडामा लु १ ज १६७९ नम्बरकाे देउराली यातायात अर्घाखाँचीकाे सवारी जीप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्। शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्। दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका अन्दाजी ३०/३२ बर्षका देवा बेल्वासे र सन्धिखर्क ८ खापडाडाका अन्दाजी ४०/४२ वर्षका डेमकला बेल्वासेकाे मृत्यु भएको छ भने पणेना-१ का कपिला खनाल पोख्रेल…

Read More

रुद्रमणि भुसाल, अर्घाखाँची । लायन्स क्लब अफ काठमाडौं ढिकुराको आयोजनामा भुमिकास्थान नगरपालिकाका दुई वडाका ५ आधारभुत बिद्यालयमा अध्ययानरत करिब १ सय ५० बिद्यार्थीहरुलाई स्कुल सपोटका लागि आवश्यक स्कुल ब्याग ,जाडोमा लगाउने न्यानोलुगा ट्याक्सुट लगायतका समाग्री लायन्स कल्वका पदाधिकारी र सदस्यहरुले स्वाइक्षाले करिब ३ लाख रकम संकलन गरि बिद्यार्थीहरुलाई सामाग्री खरिद गरि हस्तातरण गरिएको लायन्स कल्व अफ काठमाडौं ढिकुराकी अध्यक्ष गिता भुसाल भट्टराइले बताइन् । क्लबले स्थापनाकालदेखि नै बिभिन्न पेशा ब्यवसायले गर्दा आफ्नो गाउँठाउँभन्दा बाहिर रहेपनि आफुले अध्ययानगरेका बिद्यालयहरुमा कम्पुटर बितरण , स्वास्थ्य शिबिर संचालन बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण जस्ता बिभिन्न रचनात्मक काम गदै आएको रामचन्द्र…

Read More

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धनको हातमा सरकार गएपछि साढे २ वर्षयता देशका हरेक सूचकहरू ओरालो लाग्दै गएको बताएका छन् । एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ज्ञवालीले वर्तमान सरकारले सत्ता टिकाउनकै लागि परराष्ट्र नीतिलाई ध्यान नदिई शक्तिकेन्द्र देशसँग अनावश्यक हिमचिम बढाएको आरोप लगाए । ‘एक जना बिरामी निमोनियामा भयो भनेर अस्पतालमा गएछ, औषधि खाँदै जाँदा मृगौला, मुटु हुँदै शरीरका सबै अंगमा काम गर्न छोडेछ अनि बिरामीको मृत्यु भएछ,’ उनले भने, ‘बिरामीको मृत्यु भएजस्तै हाम्रो देशका सबै अंगहरू फेल हुने क्रममा अगाडि बढेका छन् । हाम्रो देशको राष्ट्रियतामा असर सरकारबाटै भएको छ ।’…

Read More

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरु भुर्इंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए । ‘जनतामा निराश छ । त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने…

Read More

माधव खनाल, अर्घाखाँची। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार भुमिकास्थान नगरपालिका वार्ड न १ मा रहेको बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँको ४९ औं बार्षिक उत्सव तथा अविभावक दिवसको एवंम स्वर्गीय गिरिराज ,मिना खनालको ाक्षय कोषकोछात्रवृत्ति बितरण एवम दोस्रो त्राइमासिक परिक्षाको पुरस्कर बितरण कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख थापाले सामुदायिक विद्यालयबाट प्राप्त हुने शिक्षा सर्वसुलभ र आम नागरिकको पहुँचमा पुर्याउने गरि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्थानीय सरकारले…

Read More

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीका व्यवसायी तथा समाजसेवि प्रकाश श्रेष्ठले छोराको जन्मदिनको अवसरमा विद्यार्थीका लागि शैक्षिक सामाग्री एवम् खाजा सहयोग गरेका छन् । सन्धिखर्क नगरपालिका १२ हाल सनपा १० रुब्दी निवासि प्रकाश श्रेष्ठ र छमा श्रेष्ठले छोरा प्रवेश श्रेष्ठको जन्मदिनको अवसरमा निर्मल नव ज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरुलाई बिहीबार दिवा खाजा खुवाउनुको साथै शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन । छाेरा प्रवेश हाल उच्च शिक्षा अध्ययनकाे शिलशिलामा प्रदेशमा छन् । श्रेष्ठले फजुल खर्च गरेर जन्मदिन मनाउँने संस्कारक अन्त्य गर्दै अरु लाई पनि यस्तै सामाजिक कार्य सहित मनाउन आग्रह गरेका हुन ।

Read More

अर्घाखाँची । पाणिनि गाउँपालिका-२ पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखेको सुन्तला कुहिएर नष्ट भएका छन् । जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पणेनाको सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन मध्ये ६० मेट्रिक टन सुन्तलाका दाना ढुसी लागेर नष्ट भएका छन् । अघिल्ला दुई वर्षमा पनि यस्तै कुहिएर नोक्सान भएका थिए । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । तालिममा सिके अनुसार स्टोरमा राखेको एक महिना नबित्दै सुन्तला हेर्दा धमाधम कुहिएको सिम्लेस्थित शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष रेवतीप्रसाद पौडेलले बताए । उनले भने, ‘यसवर्ष कृषिका विज्ञसँग…

Read More

शोभाखर पन्थी ,अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्न नेकपा एमालेका उप-महासचिब तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीलाई ल्याउने भएको छ । एमाले जिल्ला कार्यालयको बिस्तारीत बैठकले यहि माघ १६,१७ र १८ गते सदरमुकाम सन्धिर्कमा जिल्लाका अगुवा कार्यकर्ताको लागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रममा पालिका कमिटीका पदाधिकारी ,क्षेत्रीय समन्वय कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य,प्रदेश कमिटीका सदस्य तथा पुर्व सदस्यहरु,जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा जिल्लामा खट्ने प्रदेश र केन्द्रका सदस्यहरु गरी करीब २ सयको हाराहारीमा सहभागिता रहने नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिए । प्रशिक्षणको निम्ति नेकपा एमालेका उप-महासचिब तथा…

Read More

पूनम दुवाडी । आफ्नो देश आफ्नो जन्मभूमि कसलाई प्यारो हुन्नहोला र ? त्यहि माथि स्वर्गको टुक्राजस्तो सुन्दर देश नेपाल छोडेर प्रदेसिनु पर्दा कसको मन रुन्न होला । आफ्नो देश छोडेर परदेशीनु हरेक नेपालीको रहर होइन बाध्यता हो । विकासको प्रचुर सम्भावना बोकेको भएता पनि स्रोत तथा साधनको कमि, दक्षजनशक्तिको अभावका कारण रोजगारको बाटो खुल्न नसक्दा परदेशी बन्न बाध्य छन । अहिलेको वर्तमान परिप्रेक्षमा हेर्ने हो भने हरेक नेपालीको मस्तिष्कमा विदेश नै छ भन्दा फरक नपर्ला । पहिला–पहिला नेपालीहरुको विदेशिनु बाध्यता थियो भने अहिले बाध्यतासंगै रहर पनि जोडिएको छ । आफ्नै देशमा केहि गर्ने चाहना भएता पनि देशको परिस्थिति र महंगाइले…

Read More

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन । आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १०…

Read More