Author: नेपाल राज्य

 नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुरकुमार विकले विकासका नाममा टोपबहादुर रायमाझीले अनियमितता गरेको आरोप लगाए । उनले तीन पटक लगातार माओवादी पाटीले जिताएर सांसद बनाएका रायमाझी जनता र कार्यकर्तालाई धोका दिएर एमालेमा गएको बताए । ‘सांसद र मन्त्री भएपछि धेरै विकासका काम गर्नुपथ्र्याे, सक्ने ठाउँमा भएर पनि गर्नुभएन,’ शितगंगामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै विकले ‘माओवादी पाटीले सिफारिस गरेका योजना दबाव दिएर केही मात्र गर्नुभयो । त्यसैले जति पनि विकास भएका छन्, सबै माओवादीले गरेको हो, टोपबहादुरले होइन ।’ एमालेमा गएपछि रायमाझीको विकासमा केही भूमिका नभएको उनको तर्क छ । गाउँ र जिल्लामा सर्बदलीय बैठक…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले जिल्लाका सबै सडकलाई व्यवस्थित सडक बनाउने बताएकी छिन् । उनले यसको लागि आफु सहित गठबन्धनको जित जरुरी रहेको बताइन । ‘मेरा पिताले रेखांकन गरेको र २०६४ सालमा अर्थमन्त्री डा. रामशरण महत अर्थमन्त्री हुँदा मैले रातो किताबमा बजेट पारेर शुरु गरेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई पुरा गर्छु,’ जिल्लाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले भनिन, ‘घुम्ती–पाल्पा सडक, सन्धिखर्क–तम्घास, रिडी–बल्कोट–तम्घास, सन्धिखर्क–प्युठान, गच्छे भालुवाङ सडकलाई कालोपत्रे गर्ने र मेरा पिता काँशिनाथ गौतमले बनाएको गोरुसिंगे–सन्धिखर्क सडकलाई दुई लेनको बनाएर व्यवस्थित सडक बनाउँछु ।’ प्रदेश सरकारबाट सञ्चालन भएको रामपुर–कपुरकोट, पोखरा–सुर्खेत सडक,…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सचिव एवं पूर्वसांसद डिलाराम आचार्यले राजा ल्यानुपर्ने भन्दै हिडेको राप्रपासँग मिलेर चुनाव लडेपछि लोकतान्त्रिक गणतन्त्रको व्यवस्था माथि खतरा देखिएको बताए । उनले एमाले केपी ओली र राप्रपा नै अपवित्र गठबन्धन गरेको उनले बताए । राप्रपा गणतान्त्रिक व्यवस्था ढालेर राजा ल्याउने पक्षमा वकालत गर्दै हिडेको छ, त्यो सँग एमाले मिल्नु भनेको गणतन्त्रको लागि खतरा भएको आचार्यले टिप्पणी गरे । सन्धिखर्कको लदाम बगैचामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले सांसद भंग गर्ने एमाले केपी ओलीलाई गठबन्धनले परास्त गर्ने बताए । गणतन्त्र र शान्ति प्रक्रियामा साझेदार रहेका कांग्रेस, माओवादी, जनमोर्चाको गठबन्धन लोकतान्त्रिक र जनताको…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एकिकृत समाजवादी निकट कलाकार जमुना सनमले उत्पादन क्षेत्रमा युवाहरूको योगदान महत्त्वपूर्ण रहएको बताएकी छ्न । कलम चिन्ह लिएर समानुपातिक तर्फ उम्मेदवार बनेकि जमुना सनम चर्चित गायिका पनि हुन् । लोकप्रिय रहेकि जमुना युवा संघ नेपालमा आबद्ध रहेकि छ्न । लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय गायिका जमुना सनम १६ बर्ष देखि कम्युनिष्ट पार्टीमा आबद्ध रहेर कलाकारिता गर्दै आएको बताउछिन् । चुनाव प्रचारप्रसारको क्रममा मालारानी पुगेर जमुनाले भनिन्” युवायुवतीहरू लाई उत्पादन क्षेत्रमा लगाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्छौ । विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । ” उनले भनिन् वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीलाई नयाँ ढंगले र नयाँ योजनाका साथ विकास गर्ने बताइन । उनले गाउँमै बसौं, बसौं भन्ने बनाउने र असुविधाका कारणले तराई र शहरमा बसाइसराई गर्नुपर्ने बाध्यताबाट मुक्त गर्ने गरी विकास गर्ने प्रतिबद्धता जनाइन । ठुलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी भुसालले गाउँमै व्यवस्थित सडक, एक घर एक खानेपानीका धारा, शहरका नीजि स्कुलमा जस्तै पढाइ गाउँकै सरकारी स्कुलमा पढाई हुने, सर्वसुभल स्वास्थ्य सुविधा, सन्धिखर्क अस्पतालमा ५० शैयाको अस्पताल र विशेषज्ञ चिकित्सकबाट उपचार गर्न आफुले पहल गर्ने बताइन । उनले गाउँमै कृषि उद्यम, उत्पादन,…

Read More

 हरि कुँवर अर्घाखाँची– पूर्वमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले एमालेको सरकार बनेपछि वृद्धभत्ता बढाएर दोब्बर पार्ने बताए । उनले भत्ता आठ हजार हुने बताए । ‘ एमालेका उम्मेदवारलाई मत दिएर जिताउनुस, हामी वृद्धाभत्ता आठ हजार बनाउँछौं,’ एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले बा“गी पोखेडाँडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले भने, ‘गठबन्धन जे भएपनि एमाले उम्मेदवारलाई जिताउन मतदाता आतुर छन् । हामीले गरेको विकासलाई पुरा गर्छौ ।’ आचार्यले जेष्ठ नागरिकलाई सम्मान सहित गाउँमा शिक्षाको गुणस्तर, सबैका घरमा खानेपानीका धारा, सहज स्वास्थ्य सेवा, टोलैपिच्छेका सडकलाई व्यवस्थित सडक, युवालाई स्वरोजगार बनाउन कृषि उद्यम लगायत पूर्वाधार विकास गरी समृद्ध गाउँ…

Read More

अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले अबका दुई वर्षमा हरेक बाँगी बासीको घर–घरमा धारा पुग्ने बताएका छन् । बाँगीको पोखेडाडामा आयोजित चुनाव लक्ष्यित कार्यक्रममा आचार्यले घर–घरमा धारा , अपांग भत्ता वृद्धभत्ता ,एकल भत्ता बढाउने प्रतिबद्धता रहेको बताएका हुन । सिद्ध मा.वि र शान्ति माविमा गुणस्तरीय शिक्षा खेलाडीको प्रसंशा गर्दै भण्डार खेलमैदान मोटरबाटो स्तरउन्नति गर्ने समेत बताए । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का नेकपा एमाले केन्द्रिय सल्लाहकार कमिटी सदस्य नरेद्र कुमार क्षेत्री तत्कालीन मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री अनेरास्ववियुका युवा नेता अर्जुन खनाल सामजसेवि चन्द्रमणि भुसाल शंकर…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले संविधानमा भएका अधिकारलाई रक्षा गर्दै अर्घाखाँचीको विकास गर्ने आफ्नो प्राथमिकतामा रहेको बताइन । संसद भंग गरेर अधिकार खोस्ने काम भएकाले त्यसको जोगाउनुपर्ने बताइन । ‘संविधानमा प्राप्त उपलब्धीलाई खोस्न संसद भंग समेत भयो, हामी त्यसको डटेर सामना ग¥र्यौ,’ सन्धिखर्कमा ऋषि धमलासँगको कार्यक्रममा गठबन्धनबाट साझा उम्मेदवार भुसालले भनिन, ‘संविधानलाई बचाउनकै लागि ५ दलीय गठबन्धन भएको हो । चुनावपछि पनि गठबन्धनकै सरकार बनेर देशको विकास गर्छौ ।’ २०१५ सालमा मन्त्री भएका आफ्ना स्वर्गीय पिताले गरेका योजनालाई आफुले पुरा गर्ने र नयाँ योजना भित्राएर समृद्ध अर्घाखाँची बनाउने आफ्नो मान्यता रहेको बताइन…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले २०७४ को चुनाव जितेपछि पीचको काम शुरुवाती भएका चार सडकलाई पुरा गर्न जनताले यसपाली न्याय गर्ने बताए । उनले विकासका कामलाई हेरेर आफुलाई फेरी अवसर दिने बताए ।। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका आचार्यले सन्धिखर्क–तम्घास सडक, ठूलापोखरा–छत्रगञ्ज सडक, च्यानडाँडा– खन–खनदह सडक र चुत्रावेशी–धारापानी–ढाकावाङ सडकको पिच गर्ने कामको शुरुवात आफुले गरेको बताए । ‘यी सडकका काम पुरा गर्न मलाई मतदाताले रोज्नेछन्,’ आचार्यले भने, ‘प्रदेशसभा (क) अन्तरगतका मुख्य तथा सहायक सडकलाई व्यवस्थित सडक बनाएर यात्रा सहज गराउन आफुले केही काम शुरुवात गरेर अहिले…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– (नेकपा) एमालेका केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा अर्घाखाँची प्रतिनिधिसभा उम्मेदवार टोपबहादुर रायमाझीले २०६४ सालमा आफु तत्कालिन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि अर्घाखाँचीमा विकासका हिसाबले धेरै फड्को मारेको बताए । उनले विकास र समृद्धिको लागि फेरी पनि जनताले टोपबहादुर नै खोजेको दावी गरे । ‘मोटरेवल फुल नहुँदा सास्ती थियो, धेरै ठाउँ पुल बनाए, टोलैपिच्छे मोटरबाटा विस्तार गरेर व्यवस्थित सडक बनाएँ, अब गाउँका सडक पिच र ग्राभेल गर्न बजेट परेको छ,’ सन्धिखर्कमा ऋषि धमालासँगको कार्यक्रममा रायमाझीले भने, ‘पहाडी जिल्लामा अहिले ३ सय ट्याक्सी चलेका छन् । उनीहरुले रोजगारी पाए, शिक्षा, स्वास्थ्यमा पूर्वाधार निर्माण भएका छन् ।’ पर्यटन…

Read More