कृष्णनगर ।
बिहिवार बिहान १० बजे तिर चार जना महिलाले कृष्णनगर भंसार कार्यालय कृष्णनगर द्वारा देखाएको नयाँ बाटो बाट तस्करी भएको खुलेको छ ।
भंसार कृष्णनगर कृष्णनगर भंसार कार्यालयले तस्करी विरुध कुरा गरे पनि केवाल जनतालाई मूर्ख बनाउने काम मात्र गरेको हो । समय समयमा कृष्णनगर प्रहरी, शास्त्र प्रहरी, पत्रकार, समाजसेवीको बैठक बोलाएत पनि कागजमा मात्र हो तस्करी रोक्ने वास्तिकमा कृष्णनगर भंसार कार्यालयको मिलोमतोमा तस्करीको काम भईरहेको हो ।
केही दिन पुर्व कृष्णनगर भंसार कार्यालय कृष्णनगर लाई भारत को बढनी देखि नेपाल रु. साढे दुई लाख (२५००००) बराबरको लुगा सरकारी गाडीमा (सेतो सुमो- नम्बर सहित) आउदै छ भनि पुर्व सूचना हुदाहुदै पनि कुनै प्रकारको कार्यवाही कृष्णनगर भंसार कार्यालय कृष्णनगरले नगर्ने कारण के त ? भन्ने जनगुनासो रहेको छ ।
कृष्णनगर भंसारको यात्रु गेट, भंसारको मुख्य बाटो, मस्जिदको नाका, लक्ष्मीनगर गाउँको उत्तर तर्फ मन्दिर को पछाडीको नाकाहरु बाट आरामले तस्करी भई रहेकै छ ।
यात्रु गेट होस अथवा, मुख्य नाका (मेन रोड) हो अथवा मस्जिदको नाका होस तस्करी हुने बेला मस्जिद लाईनको नाकामा खटियेका प्रहरी जवान हुदैनन् यसै गरि यात्रु गेटमा मौजुद शास्त्र प्रहरी संगसंगै कृष्णनगर भंसार कार्यालय कृष्णनगर कर्मचारीको मौजुदगीमा यात्रु गेट बाट धमाधम तस्करी हुने गरेको हुन्छ । पानी परिहेको बेला अथवा बेलुकी करिब अधियारो भएकालेे समय ०६:३० बजे पछि तस्करी हुने गरेको छ ।
खसी, पाडापाडीको तस्करी पनि भंसारको मिलीजुलीमा हुने गरेको हो । जब सम्मा कृष्णनगर भंसार कार्यालय कृष्णनगर समक्ष सुविधा शुल्कको नाममा पैसा पुगेको हुन्छ तब सम्मा खसी, भेड बाख्रा, पाडापाडीहरुको तस्करी हुने गरेको हुन्छ । जुन दिन देखि सुविधा शुल्क पुग्दैन फलानो ठाउँमा यति मात्रामा खसी, भेडबाख्रा, पाडापाडी कृष्णनगर भंसार कार्यालय कृष्णनगरले द्वारा समातियेको छ ।