अर्घाखाँची प्रदेश सभा (क )मा गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सागर केसीसँग चुनावी एजेन्डाबारे संक्षिप्त कुराकानी
तपाईको उम्मेदवारी के–का लागि ?
केपी ओली संसद भंग गरेर संविधान मास्न प्रयास गरे । त्यसको हामी प्रतिबद्ध ग¥र्यौ । ओली प्रवृद्धि विरुद्ध ५ दल एक भएर संविधान बचाउन लाग्यौं । अहिले संविधान बचाउन र विकास गर्न हामी गठबन्धन भएर चुनावी मैदानमा छौं । जनताका अधिकार सुरक्षित गर्दै अर्घाखाँची प्रदेशसभा (क) को जनताका आधारभूत आवश्यक्ता अनुसार विकास गर्न मेरो उम्मेदवारी हो ।
तपाईले चुनावजित्ने आधार केछ ?
मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको होइन । करिब ५ दशक देखि पार्टी संगठन र समाजको लागि काम गरेको छु । हाम्रो पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आजसम्मका परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ त्यसमा म पनि संलग्न छु । जनताको दुखमा साथ दिएको छु र घनिष्ट सम्बन्ध पनि छ । वैचारिक तथा सैद्धान्तिक रुपमा फरक स्थानमा रहेपनि जिल्ला तथा स्थानीय स्तरका मुद्धा मामिला र झैझगडा मिलाउन तथा जिल्लाको विकासको लागि म संलग्न छु ।
जिल्लाका सबै तह र तप्काका आदरणीय मतदाताहरुले यो कुरा बुझ्नु भएको कारण म प्रति नकरात्मक नभएको महशुस गरेको छु र मेरो प्रतिपक्ष चेतनारायण आचार्य समेत सकरात्मक भएकोले यस चुनावमा मैले जित्नै पर्छ भन्ने छ । सजिलै जित हातपर्छ भन्ने कुरामा ढुक्क छु ।
चुनावको तयारी कसरी अगाडि बढेको छ ?
हामी गठबन्धनमा छाैं । गठबन्धनमा दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरण आममतदाता, नेताकार्यकर्ताहरु सित भेटघाट सम्पन्न भैसकेका छन् । र हामी दोस्रो चरणमा पनि अझै मसिनो गरि जनतामाझ जाने तयारी गरेका छौं ।
तपाईहरुको पार्टी काग्रेसको पछाडि हिड्यो भन्ने आरोप पनि छ नि ?
यो त मानिसको बुझाईमा भर पर्ने कुरा हो । यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितिको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ ।
सैद्धान्तिक रुपमा हामी फरक विचार धारा आत्मसाथ गरेका पार्टीका मान्छे हाैं । तर केपी ओलीको सरकारले दुई/दुई पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडक देखि आवाज उठायौं र संसद पुनस्थापना गर्यौं ।
त्यतिबेला देखि नै हामी ५ दलभित्र रहेका पार्टीलाई के लाग्यो अब केपीको यस प्रकारको स्वेच्छाचारी र अधिनायकवादी कदमलाई तोड्न सकिएन भने देश प्रतिगमनतिर जान्छ भन्ने लागेर त्यतिबेला नै हामीतर हामी गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि गठबन्धन गरेर आन्दोलनमा सहभागी भएको छौं । र अहिले पनि त्यही अनुसार गठबन्धन बनाएर अगाडि बढेका छौ । अर्घाखाँचीको सन्दर्भमा हामी कोही कसैको अगाडि पछाडि लाग्ने भन्दापनि आपसी सल्लाह सहमतिका साथ अगाडी बढेका छौं ।
यहाँको पार्टी संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । संघीयताको मुलमर्म अनुसार प्रदेश तहको संरचना निर्माण भएको छ र यहाँको उम्मेदवारी पनि प्रदेश मै यो त अलि सुहायन कि ?
संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम नै छ । तर पनि हाम्रो उम्मेदवारी संघ प्रदेश दुवै तहमा छ । हामीले जितेर भएपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि अवाज उठाउँछौ ।
तपाई कस्ता प्रकारका मुद्धा लिएर जनता माझ जानुभएको छ ?
हामीसँग जनताको माझमा जानको लागि मुद्धाको कमी छैन । चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टचार अनियमितता व्याप्त छ यसलाई रोक्नुपर्ने छ । विकास निर्माण कार्यमा भएका थुपै्र प्रकारका अनियमिततालाई रोकेर पारदर्शी गर्नुपर्नेछ । कृषिलाई आधुनीकिकरण गरेर व्यवसाय र आयमुलक तरिकाबाट अगाडि बढाउनुपर्नेछ । जिल्लालाई पर्यटनको विकास गर्नुपर्ने छ ।
सुपादेउराली देखि सन्धिखर्क, अर्घा, बामरुक नृसिंहस्थान, बल्कोट लगायतका ठाउँहरुमा पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । शैक्षिक गुणस्तर वृद्धि गरि व्यवसायीक शिक्षा प्राप्तिको लागि विशेष ध्यानदिईनेछ । अस्पतालको नाजुक अवस्था छ । यसको स्तरोन्नती, सामन्य विरामी बुटवल जानपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ । करिब ५० प्रतिशत रोगको उपचार जिल्लाबाट नै हुन सक्ने व्यवस्था मिलाउनुपर्छ भनेर सोचिरहेका छौं । मुद्धाहरुको अभाव छैन र बरु समधान भोलिका दिनहरुमा कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्ला वा जिल्लाबाहिर रहेका विद्धान बुद्धिजीविहरुसँग छलफल गरेर जिल्लाको विकासको लागि लाग्नु पर्नेछ ।
गठबन्धन गर्नुको मुख्य कारण के हो ?
देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्र रक्षाधर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरेसम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनीति अस्थिरताको कारणले विकासमा बाधा पुग्यो । कम्युनिष्ट विचारधारा पनि रक्षा हुन नसक्ने अवस्था आयो र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका छौं । जितको लागि भन्दा पनि सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि यो आवश्यकता बन्यो ।
तपाईले जितेपछि तपाईको क्षेत्रका मतदाताले के आशा गर्ने ?
हामीले जनतालाई झुट्टा आश्वासनहरु बा“डेका छैनौं । जितेपछि आपसी सल्लाह अनुसार जनताको माग र आवश्यकता अनुसार कहाँ के गर्नुपर्छ त्यो अनुसार योजना बनाएर काम योजना बनाएका छौं ।