Author: नेपाल राज्य

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराइरहेका, गम्भीर मुटुरोगी (ओपन हर्ट सर्जरी), क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीहरुका लागि जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्न बिरामीहरूले सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ। सबै प्रक्रिया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा भत्ता जम्मा हुने स्वास्थ्य…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदिएको भन्दै सत्य र परिवर्तनको मार्ग नछाड्न सबैलाई आह्वान गरेका छन्। फेसबुकमार्फत् सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै ओलीले भीडको मानसिकताले समाजलाई दिशाहीन बनाउने खतरा औंल्याउँदै निजत्व जोगाउन सबैलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, “सामूहिक आक्रमणबाट निजत्व जोगाउनु आजको आवश्यकता हो। भिडसँग बल हुन सक्छ, तर सधैं सत्य हुँदैन।” ओलीले ‘म झोले हो’ लेखिएको एउटा पोस्टर समेत सार्वजनिक गरेका छन्, जसमा उल्लेख गरिएको छ: “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो।” उनको भनाइमा, कुनै व्यक्तिलाई भगवान बनाइँदैमा सामूहिकतामा विश्वास राख्नेहरूलाई हेप्ने…

Read More

बुटवल । अर्घाखाँचीका पत्रकार दीपक कुँवरको उपचारको क्रममा निधन भएको छ। कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय कुँवरको शुक्रवार १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो। कुँवर दुई वर्ष देखि ब्लड क्यान्सरबाट पीडित थिए । नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले पत्रकारिता क्षेत्रमा कुँवरको योगदान उल्लेखनीय रहेको बताउदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

Read More

बिरेन्द्र केसी, अर्घाखाँची । क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्छु भनी सामान किनेर फरार भएका मालारानी गाउँपालिका-४ खनका २७ बर्षीय शुभास पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । उनले सन्धिखर्कमा व्यापारीबाट सामान लिएर फरार भएका थिए। घिमिरे किराना पसलबाट ३७ हजार ७ सय रूपैयाँको सामान लिएर लामो समयसम्म सम्पर्कमा नआएपछि सञ्चालक वेदराज घिमिरेले प्रहरीलाई उजुरी गरेका थिए । प्रहरीले खोजतलास गर्दा मालारानी गाउँपालिका-४ लुटिपोखरीबाट ठगी गरेको सामान सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए । प्रहरीले उनको साथबाट १० थान भरिएको सिलिन्डर, ८ बोरा चिनी, ९ पेटी खाने तेललगायतका सामग्री बरामद गरिएको उनले बताए । उनीमाथि ठगी कशुरमा अनुसन्धान भइरहेको…

Read More

काठमाडौं । राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनमा राप्रपा नेपाल लगायतका राजनीतिक दलहरू सक्रिय देखिन्छन् । गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरिएको उनीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नआएसम्म प्रदर्शन जारी रहने बताएका हुन ।

Read More

काठमाडौं । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना पक्राउ परेका छन् । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । गिरीले फेसबुकमा सोत इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको नेउपानेले बताए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

काठमाडौं । वैदेशिक रोजगारीका लागि अनलाइनमार्फत श्रम स्वीकृति लिन अब एक घण्टाभन्दा बढी समय नलाग्ने भएको छ । वैदेशिक रोजगार विभागले एक घण्टाभित्रै श्रम स्वीकृति दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबको एक साताभित्र एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था लागु हुने जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आवश्यक सुधार सम्पन्न भइसकेको छ । “केही समयअघि श्रम स्वीकृति लिन ८-१० दिन लाग्थ्यो । हाल तीन दिनमा स्वीकृति दिन थालिएको छ । अब तीन-चार दिनभित्रै एक घण्टामा श्रम स्वीकृति दिनेछौँ,” उनले भने । यो सेवा…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए । “सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ”, अध्यक्ष…

Read More

काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी हरिनगर गाउँपालिका-१ घर भएका २५ वर्षीय जुबेर आलम मियालाई प्रहरीले पक्राउ गरेको छ । मियाले सामाजिक सञ्‍जाल टिकटकमा पीडितको अश्लिल फोटो तथा भिडियो गत २५ गते पोष्ट गरी विद्युतीय अपराध सम्बन्धी कसूर गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भए । सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । घटनामा सुनवल–७ की ३० बर्सिया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । सोही वडाका ४० बर्सिया नरमती परियार, ५१ बर्सिया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको…

Read More