Author: नेपाल राज्य
हरि कुँवर, अर्घाखाँची । प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री तथा टिफिन वितरण गरी मनाएको छ । प्रेस चौतारी नेपालले देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नाको जनप्रकाश आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री कापी ,पेन्सिल रबर, पेन्सिल कटर तथा खाजा खाने टिफिन विद्यालयका ५२ जना विद्यार्थीहरु लाई वितरण गरि मनाएको हो । नेकपा एमाले जिल्ला कमिटीका सचीव तथा प्रमुख अतिथि तोजबहादुर रायमाझीले २५ औं स्थापना दिवसको शुभकामना दिदै ग्रामीण भेगको विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकोमा प्रेस चौतारी अर्घाखाँचीको मुक्तकण्ठले प्रसंशा गरेका थिए । कार्यक्रममा प्रेस चौतारी…
हिम लेकाली, अर्घाखाँची । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं अधिवेशन तथा साधारण सभा शुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभामा प्रमुख अतिथि नेपाल रेडक्रस साेसाईटी केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष शम्भु प्रसाद पाेख्रेलले नेपाल रेडक्रस साेसाइटी विसुद्ध मानविय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था भएको र यस्ले कसैलाई पनि विचारकाे अाधारमा भेदभाव नगर्ने बताउनु भयाे । उहाँले संस्थाले मानविय विपत कम गर्न थुप्रै गतिबिधि तथा कार्यक्रमहरू सन्चालन गर्दै अाएकाे बताउँदै उपशाखा मार्फत थप सेवा प्रदान गर्ने हेतुले उपशाखाहरू निर्माण गरिएको बताउनु भयाे । उहाँले सम्पूर्ण नव निर्वाचितहरूलाई सपथ ग्रहण समेत दिलाउनु भएको थियाे…
हरि कुँवर, अर्घाखाँची । आर्थिक अभावका कारण मालारानी गाउँपालिका वडा नम्बर–४ खनका पत्रकार रवि पोख्रेलको आमा लाई ब्रेन ट्युमर देखिएपछि उपचारमा समस्या देखिएको छ । अन्लाईन पोटल अर्घाखाँची बुलेटिनका सह – सम्पादक रहेका रवि पोख्रेलकी ५५ बर्षिया आमा पवि पोख्रेलको उपचारको लागि आर्थिक समस्या देखिएको हो। पत्रकार रबि पोख्रेलको पारिवारिक आर्थिक अवस्था कम्जोर रहेको हुनाले आमा पविको जीवनरक्षाका लागि आफु सक्दो आर्थिक रकम संकलन गरी उपचारमा सहयोग गरिदिन पोख्रेलले सबै सँग आग्रह गरे । उपचारको निम्ति ३ लाख रुपैयाँ खर्च भैसकेको थप १०/१२ लाख लाग्न सक्ने अनुमान गरेको पोख्रेल बताउछन् । सहयोगको लागि : Rabi Lal Pokhrel Global IME Bank…
हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्कमा जारी पाँचाै अर्घाखाँची महाेत्सवको चौथो दिन मेला हेर्न आउने वृद्धहरुकाे सम्मान गरिएकाे छ । “कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार” भन्ने मूल नारा सहित सुरु भएको मेला हेर्न आएका वृद्धहरु लाई खादा ओढाएर सम्मान गरिएकाे थियाे । अर्घाखाँची उद्याेग वाणिज्य संघ र चेम्बर अफ कमर्सकाे संयुक्त आयाेजनामा सञ्चालित मेला सनिवार निकै भिड्भाड थियो । चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशाेक श्रेष्ठ एवम् उद्याेग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ महासचिव तुल्सीराम खनाल लगायतले वृद्धहरु लाई सम्मान गरेका हुन । मालारानी कि ८३ वर्षीय चोपकला खनालले वृद्धवृद्धा लाई माया सम्मान देखाएकोमा खुसी…
हरि कुँवर , अर्घाखाँची । सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतीवद्धता ” भन्ने मुलनारा सहित औपचारिक रुपमा उद्घाटन गरिएको छ। सन्धिखर्क -१ हललाइन सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को सनिवार औपचारिक रुपमा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले एक विशेष समारोह बिच पानसमा बत्ती बालेर रिवनकाटी उद्घाटन गरेका हुन। कार्यक्रममा बोल्दै प्रमुख अतिथि टोपबहादुर रायमाझीले जिल्ला अस्पताल पहिलो प्राथमिकता भएको बताउदै निजि क्षेत्र बाट अस्पतालहरु संचालनमा आउनु भनेको राम्रो कुरा भएको बताउदै सेवा ग्राहीलाई गुणस्तर खालको सेवा दिन पनि उनले सन्धिखर्क पोलिकिल्निक प्रा.लि.लाई आग्रह गरे । जिल्लाका बिमारी लाई भैरहवा मेडिकल कलेजमा नपठाउन आग्रह…
काठमाडौं – प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी छन् । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । पहिलो पटक सांसद बनेकी श्रीपालीको राजनीतिक जीवन ३० वर्ष कटेको छ । माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ देखिनै लागेकी थिइन् । गुल्मीको मालिका गाउँपालिका २ (साविक दर्लिङ, पाटाखर्क)मा जन्मेकी श्रीपालीले राजनीतिक जीवन प्रवास (भारत) बाट सुरु गरेकी हुन् । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीतिका लागि…
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ । – राजधानी दैनिक
हृदय भुसाल , अर्घाखाँची। भुमिकास्थान नगरपालिका वाड न १ ढाकाबाङमा रहेको बालशिक्षा माध्यमिक विद्यालयले बिबिध कार्यक्रम गरि ४८ औं वाषिर्कोत्सव सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिती एबम पुर्ब उपप्रधानमन्त्री मन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्ला विद्युत र खानेपानीमा आत्मनिर्भर भएको भन्दै अबका दिनमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्ने बताए । सासद रायमाझीले अब गुणस्तरिय शिक्षा र गाउँमै स्वरोजगार श्रीजना गर्नु पर्ने भन्दै अब बिकास र समृद्धिको लागी योजनाबद्व रुपमा काम गर्ने बताए । कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले शिक्षाको बिकास बिना समग्र समाजको बिकास अगाडी बढ्न नसक्ने भन्दै सबैले एक…
हरि कुँवर, अर्घाखाँची। क्यान्सर पीडित बालकको उपचारमा परिवारले सहयोगको लागि अपिल गरेको छ । सन्धिखर्क नगरपालिका–४ देउरालीडाडा निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा १ वर्षीय आविष्कार परियारको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका हुन । क्यान्सरबाट पीडित आविष्कार परियार लाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । अहिलेसम्म उपचारमा ३ लाख रुपैयाँ खर्च भइसकेको छ । थप ८ लाख खर्च हुने परिवार श्रोतले बताएको छ । राम प्यारी दमाइले नाति लाई बचाउन सहयोगी मनहरु प्रति पुराउन सहयोगका लागि सबै सँग आग्रह गरिन । सहयोगको लागि मेगा बैंक लिमिटेडमा ००४००५०१२६४८४ नम्बरको खाता खोलिएको…
नेता टोपबहादुर रायमाझी : पर्यटन विकास र प्रबर्द्धनका लागि सुपादेउरालीमा चार लाइनको सडक बनाउछौ
हरि कुँवर , अर्घाखाँची । पाँचौ अर्घाखाँची महोत्सवको पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझीले उद्घाटन गरेका छन् । ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मुल नाराका साथ मेला सुरु भएको उद्घाटन समारोहमा बोल्दै नेता रायमाझीले पर्यटन विकास र प्रबर्द्धनका लागि सुपादेउरालीमा चार लाइनको सडक बनाउने घोषणा गरेका छन् । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको सुपादेउरालीमा ठूलो गाडी पार्किङ बनाउने समेत बताए । नेता रायमाझीले दुई वर्ष भित्र मदनभण्डारी लोकमार्ग र धोरपाटन मोटरबाटो डबलकटिङ्ग कालोपत्रे हुने बताए । उनले २३ किलोमीटर बाहेक मदनभण्डारी लोकमार्गको लागि ४ अर्ब धोरपाटनको लागि ५…
