Author: नेपाल राज्य

हरि कुँवर, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका नेता मानबहादुर थापा (विवस थापा) माथी सनिवार साँघातिक आक्रमण गरिएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ निवासी थापा राष्ट्रिय स्वतन्त्र पार्टी सन्धिखर्कमा हुदै गरेको बैठकमा सहभागी बन्न आउने क्रममा बिहान ११ बजे केही व्यक्तिले साँघातिक आक्रमण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन। पार्टीले घटनाको छानबिन गरि दोषीहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।

Read More

अर्घाखाँची । एमाले सचिव टोपबहादुर रायमाझीले गठबन्धनले गर्दा संसद्‌मा रहेका ठूला दल सरकार बाहिर रहनु परेको बताएका छन् । संसद्‌मा तेस्रो दलको सबैभन्दा बढी फूर्ति भएको टिप्पणी गरे । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको शनिबार सन्धिखर्कमा उद्घाटन गर्दै रायमाझीले ठूला पार्टी एकातिर छन्, गठबन्धनका कारण तेस्रो (माओवादी केन्द्र)ले धेरै फूर्ति लगाएको आरोप लगाए । उनले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास गर्न नसक्ने दाबी गरे । पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो सयम एमालेको विरुद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले…

Read More

कमला घिमिरे , अर्घाखाँची । नेपाली कांग्रेस मैदान वडा कार्य समितिका पुर्व उपसभापति तथा क्षेत्रीय प्रतिनिधि नेत्र प्रसद गैरेको स्वर्गाहोरणको नबौ दिनको पुन्य तिथिको अवसरमा शोक सभा सम्पन्न भएको छ । सभामा बोल्ने बक्ताहरुले गैरेको निदनले नेपाली कांग्रेसलाइ अतुलनीय क्षती भएको भन्दै शोक स्तब्ध परिवारजनमा समवेदना प्रकट गरेका थियो ।गैरेको गत फागुन २६ गते ५९ बर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्नु मुस्कान, प्रदेश सदस्री शान्ता भन्डारी, जिल्ला सभापती केशब श्रेष्ठ, पुर्व जिल्ला सभापती तथा महाधिवेशन प्रतिनिधि कमल भुसाल, जिल्ला सचिव अच्युत गौतम, कृष्ण खनाल, जिल्ला सदस्य, वडा समितिका पदाधिकारी, क्षेत्रीय समिती पदाधिकारी, पाणिनी…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल लुम्बिनीको अध्यक्षमा रामचन्द्र बस्याल र सचीवमा राजेन्द्र पन्थी सर्वसम्मत चयन भएका छन । कपिलवस्तुमा सम्पन्न प्रथम अधिवेशनले बस्यालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको उपाध्यक्षमा लक्ष्मण पन्थ महिला उपाध्यक्ष तारा न्यौपाने सचिवमा राजेन्द्र पन्थी , उपसचिवमा मेजर जङ्ग कुँवर र खडानन्द रेग्मी , कोषध्यक्षमा थानेस्वर न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन । प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य वृजेस कुमार गुप्ता अतिथी नेकपा एमाले प्रदेश अध्यक्ष राधा कृष्ण कडेल प्रदेस सदस्य प्रेम नारायण गैरे रिटर्नी केन्द्रीय उपाध्यक्ष हिरा खराल विनोद भट्टराई सालीक वस्याल केन्द्रीय कोषध्यक्ष वसन्त केसी लगायतको…

Read More

भिम विश्वकर्मा , अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा जिप दुर्घटना भएकाे छ । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना भएकाे हाे । दुर्घटनामा परी  ७ जना घाईते भएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए । घाइते मध्ये गम्भिर घाइते २ जनालाई उपचारका लागि बसटवल पठाइएकाे छ । घाइते हुनेमा चालक बिक्रम नेपाली,  कपिलवस्तु बाणगङ्गा -७ का चन्द्र बहादुर खत्री,  शितगङ्गा -२ का मिना थापा, मालारानी -५ बागीका रेमा भुसाल, मालारानी -५ का पोम नारायण भुसाल, मालारानी -५ का कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक…

Read More

हरि कुँवर , अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीको अध्यक्ष पदमा बिनोद बस्नेतले उम्मेद्बारी दिने भएका छन । मालारानी गाउँपालिका -५ बाँगी निवासी बुबा बोम ब. बस्नेत आमा सुनिता बस्नेतका जेठा छोरा बिनोद बस्नेत विद्यार्थी जीवन् देखि अनुशासित लगनशील सगै राजनीतिमा सक्रिय व्यक्ति हुन। १८ महिना युरोप टुरिजम होस्पिटालिटी चौथो लेवल अध्यन गरि राजनीतिमै केही गर्छु भनी नेपाल आएका बस्नेत जिल्लामै समाजसेवामा सक्रिय छ्न । बस्नेत अशक्त, असहायहरुलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लगायत विभिन्न सामाजिक कार्य गर्दै आएका हुन । राजनीतिमा लागेर निःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु मेरो जीवनको अर्को परिभाषा हुनसक्छ। उनले भने ।…

Read More

हरि कुँवर, अर्घाखाँची । छाँया हस्पिटल प्रा.लि. ले तीन दिने नि:शुल्क सर्जिकल शिविर गर्ने भएको छ । सन्धिखर्कमा हस्पिटलको हलमा बिहिवार पत्रकार सम्मेलन गरि चैत ११,१२र १३ गते तीन दिन नि:शुल्क सर्जिकल शिविर गर्ने जानकारी दिएको हो । २०४० सालमा स्थापन भएको छाँया पोलिक्लिनिक नयाँ सेवा सुविधा सहित छाँया हस्पिटल प्रा.लि. परिणत भएपछि थप सुविधा थपिएको हस्पिटलका संचालक दल ब. केसीले जानकारी दिए । जिल्लामा कोहि पनि दाम नभएर सेवा सुविधा बाट बन्जित नहुनुपर्ने बताए । जिल्लाको लागी सेवा विस्तार गर्नु खुशीको कुरा हो, तर यसलाई टिकाई राख्न पनि सबैको साथ आवश्यक छ। उनले भने। छाँया हस्पिटलले उपचारका नयाँ नयाँ…

Read More

अनिल नेपाली , अर्घाखाँची । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजना अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रनिङ्ग शिविर फरज्याङ्गखोला स्थित गाउँघर क्लिनिकमा सम्पन्न भएको छ। जस्मा ७५ जनाले सेवा लिएका छन्। शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष लाभ लिएको समेत बताउनुभयो । आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका नागरिकलाई समेत लक्षित गरेर शिबिर आयोजना गरिएको खाँचिकोट स्वास्थ्य चौकिमा अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य चौकी ईन्चार्ज प्रेम चन्द्र बि क ले जानकारी दिनुभयो ।

Read More

हरि कुँवर , अर्घाखाँची । चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको उपाधी इलाभेन ब्रदर्श डिभर्नाले जितेको छ । अर्घाखाँची क्रिकेट संघको आयोजना चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता सन्धिखर्कमा मंगलबार सम्पन्न गरेको हो । आठौं दिन राेयल सन्धिखर्क लाई ८७ रनले पराजित गर्दै इलाभेन ब्रदर्श डिभर्ना १२१ रन लिएर प्रथम भएको हो । क्रिकेट प्रतियोगितामा पुष्प वारीयर्स टिमका खेलाडी सागर चौहान १४७ रन लिएर बेस्ट ब्याटमेन भएका हुन । यस्तै रोयल सन्धिखर्क टिमका विजय भट्टराई १४ विकेट लिएर बेस्ट बलर भएका थिए । चार टिम मध्य प्रथम इलाभेन ब्रदर्श डिभर्ना र दोस्रो रोयल सन्धिखर्क टिम भएको हो । अर्घाखाँची…

Read More

दाङ । चार वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दाङबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१८ का ३४ वर्षीय बिराज लम्साल रहेका जिल्ला प्रहरी कार्यालय दाङले आज जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाको बंगलाचुली गाउँपालिका-८ मा मदजुरी काम गर्दै आएकी नाबालिकाकी आमाले उजुरी दिएपछि लम्साललाई पक्राउ गरिएको हो। सोही स्थानमा मै काम गर्ने क्रममा नाबालिकालाई १० रुपैयाँको नोट दिएर नजिकै रहेको खरबारीमा लिएर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

Read More