रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बिहीबार आफूले शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । प्रदेशको स्थायी राजधानी देउखुरीमा सपगप्रहणपछि तत्काललाई मन्त्रीमण्डको आकारको बनाउन सत्तारुढ दलबीच छलफल चलेको छ ।
मुख्यमन्त्रीको सपथ ग्रहण गरे लगत्तकै मन्त्रीहरुको पनि सपथ ग्रहण गर्ने गरी तयारी भएको छ । पहिलो चरणमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरा, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य र भुमिश्वर ढकाल मध्येबाट एक जनालाई मन्त्री बनाउने तयारी रहेको छ ।
मुख्यमन्त्री गिरीले महरालाई आन्तरिक मामिला तथा कानुनमन्त्री, आचार्यलाई ग्रामीण तथा शहरी विकास मन्त्री र ढकाललाई भौतिक पूर्वाधार मन्त्री बनाउने गरी छलफल भएको छ ।