झनक केसी
अर्घाखाँची- जिल्ला शितगङ्गा नगरपालिका–२ सितापुर सिख्रमा अर्घाखाँची जिल्लाको नेता तथा नेकपा एमालेका पार्टि सचिब नेत्र बहादुर क्षेत्रीको सालिक अनावरण गरिएको छ। ।
जिल्लाकै सालिन भद्र नेता क्षेत्रीको नाममा स्मृती पार्क तथा सालिक स्थापना गरिएको सालिकको नेकपा एमाले केन्द्रीय सदस्य अर्घाखाँची जिल्ला पुर्व पार्टि अध्यक्ष तथा प्रदेश (क) का प्रदेश साम्सद पुर्व मन्त्री चेतनारायणले अनावरण गरेका हुन् । एक नगर एक उद्यान कार्यक्रम अन्तर्गत प्रदेश सरकार मार्फत नगरपालिकाले नेत्र बहादुर क्षेत्री स्मृती पार्क निर्माण गरेको हो ।
करिब १५ लाख रुपैयाको लागतमा जनश्रमदानमा पार्क निर्माण गरिएको पुर्व वाड अध्यक्ष गोबर्धन थापाले जानकारी दिए।
पर्यटन प्रवद्र्धन तथा इतिहासको संरक्षणका लागि पार्कमा क्षेत्रीको सालिक स्थापना गरेको प्रदेस साम्सद रामजी घिमिरेले बताए। नेत्र मेरा सहकर्मि थिए उहालाई बचाउन अथक प्रयास गरियो तर बचाउन सकिएन तर सम्झना ताजै रहेको घिमिरेले बताए। पार्कमा सालिक निर्माणका लागि मात्रै १५ लाख रुपैयाँ खर्च भएको गोरखा नगरपालिका वाड न २ ले जनाएको छ ।
अर्घाखाँचीको राजनितिमा सबैले सम्झिने व्याक्ती क्षेत्री मरेर गएपनि उनले रोजेको बाटो सधै लम्की रहने छ। हामी एउटै थालमा भात खाएर हुर्केका बाबू छोरा हौ भन्दै भक्कानिदै श्रद्धाञ्जली गित मार्फत सबैलाई रुवाएका थिए खडक क्षेत्रीले।
कार्यक्रम स्वर्गिय नेत्रबहादुर क्षेत्रीका भाई दिपक कुमार क्षेत्रीको अध्यक्षता नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सांसद चेतनारायण आर्चायको प्रमुख आथित्यता नेकपा एमाले केन्दिय सल्लाहकार सदस्य नरेन्द्र क्षेत्री नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजि घिमिरे नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको बिशिष्ठ आथित्यता प्रदेश सदस्यहरु कासी आर्चाय,केबि भुसाल,गोबर्धन थापा,गण्डकी प्रदेश कमिटी सदस्य लिला जिसी,नेकपा एमाले जेष्ठनागरिक समाज जिल्ला अध्यक्ष तिलक भाट,उपमेयर गिता भाट नेपाली काग्रेश प्रदेश प्रतिनिधी राजेन्द्र जिसी एमाले नगर इन्चार्ज ओपि पाण्डे, नगर अध्यक्ष बसन्त श्रेष्ठ लगायतको अध्यक्ष भिम के.सि.जिल्ला कमिटी सदस्य शिवकला बि.क. ,जेष्ठ कम्युनिस्ट मन्चका तिलक भाट,जिल्ला सल्लाहकार सदस्य अमर न्याैपाने,नेत्र क्षेत्रीकि धर्म पत्नी सरस्वती देवी क्षेत्रि ,छाेरा प्रकाश ,छाेरिहरू सरस्वती ,बसन्ती,पुष्पा क्षेत्रि युवा नेता तिलक मणि अधिकारी,हरि प्रसाद खनाल लगायत वडा नं. २,३,४,५,७,९ १०,११ र १३ नं. बडाका बडा अध्यक्ष विभिन्न पार्टीका नेता,कार्यकर्ता,जनप्रतिनिधिहरु र स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियाे ।
उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहनु भएका क्षेत्रीको दशैको बेला घरमा आराम गरिरहेको समयमा एक्कासि बेहोस हुनुभएको अवस्थामा तत्काल उपचारको लागि काठमाडौ लैजाने क्रममा बाटो मै २०६५ असोज २२ गते ५५ बर्षको उमेरमा उहाँको दुखद निधन भएको थियो।
साे नेत्र स्मृति पार्क तथा सालिक एमाले सरकारकाे पाला प्रदेश सरकार बाट बिनियाेजित बजेट १५ लाख बाट माननीय रामजी प्रसाद घिमिरेकाे विशेष पहलमा बनेकाे हाे ।
साे पार्क र सालिक बुढिचाैर देखि सिख्र जाने बाटाेमा सिख्रकाे फेदि खुलखुले डाँडामा रहेकाे छ । नगर कमिटी सचिव ऋषि घिमिरेको सञ्चालनमा कार्यक्रम सुरु भएको हो।