अर्घाखाँची । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १७औँ स्थापना दिवस सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा सनिवार सन्धिखर्कमा आयोजित कार्यक्रममा अग्रज पत्रकार तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ।
महासंघका अध्यक्ष गणेश खनालको अध्यक्षता तथा केन्द्रीय सचिव रविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारिताको मर्यादा, विश्वसनीयता र पेशागत उत्तरदायित्व अभिवृद्धिमा जोड दिइएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोजनारायण सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
स्थापना दिवसका अवसरमा महासंघका संस्थापक अध्यक्ष विष्णु भुसालसहित पूर्व अध्यक्षहरू निमबहादुर रिजाल, हिमबहादुर जीसी ‘लेकाली’, शोभाखर पन्थी र अशोक खनाललाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ।

