Author: नेपाल राज्य

काठमाडौं । सेयर बजार परिसुचक १९ सय ८६ दशमलव ८२ बिन्दुमा चढेको छ । अघिल्लो दिन ११ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन  बुधबार पनि ५९ दशमलव ५४ अंंकले उकालो लागेर १९ सय ८६ बिन्दुमा पुग्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंकले उकालो लागेर तीन सय ८१ दशमलव ३७ बिन्दुमा चढेको छ । आज कुल दुई सय २५ वटा कम्पनीहरुको ३२ हजार सात सय ८२ पटकको कारोबारमा ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुसार आज कुल…

Read More

हरि कुँवर, अर्घाखाँची । प्रेस चाैतारी अर्घाखाँचीकाे तेस्राे पूर्ण बैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा बुधबार सम्पन्न भएकाे छ । ३ दिने निशुल्क आधारभूत पत्रकारिता तालिम आयाेजना गर्ने भएको हो । नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रमुख अथिती पिताम्बर भुसालले समाज निर्माणमा पत्रकारको भुमिका बारे प्रकाश पारेका थिए । निर्वाचनमा पत्रकारले खेलेको भुमिकाको प्रसंशा गरेका थिए । पत्रकारले हचुवाको भरमा नभई सत्य तथ्य र यथार्थको धरातलमा उभिएर वास्तविकता र न्याय नमर्ने गरी पत्रकारिता गर्न पत्रकार लाई आग्रह गरेका हुन । प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ६ वटा पालिकामा भोकल प्रसन तोकेकोर संगठन लाई चलयमान…

Read More

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षममा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना (२०७८ साउन भित्र) भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाएपनि अहिले भवन निर्माणको काम पुरा हुन सकेको छैन । लुम्बिनी प्रदेशको बर्खे अधिवेसनपछि हिउँदे अधिवेसन दाङमै नयाँ भवनमा बस्ने प्रदेश…

Read More

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका…

Read More

हरि कुँवर, अर्घाखाँची। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सन्धिखर्क नगरपालिका–७ सुपादेउराली मन्दिर नजिकै र वडा ९ को नौलापानीमा दुई पर्यटकीय झोलुंगे पुल निर्माण गरे । त्यही पुलबाट साहसिक खेल सञ्चालन गर्ने रायमाझीले सपना देखेका थिए । त्यही कुरालाई सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को नगरसभामा नीति तथा कार्यक्रममा सुपादेउराली धार्मिक क्षेत्रको विकासमा बञ्जीजम्पको सपना देखाएका छन् । सुपादेउराली मन्दिरमा दैनिक १ देखि ३ सयसम्म तीर्थालु देशका विभिन्न जिल्ला र भारतबाट दर्शनका लागि आउँछन् । उनीहरुलाई प्राकृतिक सम्पदा घुमाउनेसँगै पर्यटकीय झोलुंगे पुलबाट बञ्जीजम्प खेल सञ्चालनको गर्ने भएको छ । बञ्जीजम्प शाहसिक खेल हो । संस्कृती तथा पर्यटन विकासतर्फको बुँदा नम्बर…

Read More

हरि कुँवर, अर्घाखाँची । मालारानी गाउँपालिका बाँगीमा ग्रामीण अल्ट्रासाउण्ड सेवाकाे शुभारम्भ बाँगी स्वास्थ्य चाैकीबाट भएको छ । अर्घाखाँचीले चिकित्सक सहितकाे घुम्ती स्वास्थ्य सेवा साथै ग्रामीण अल्ट्रासाउण्ड सेवाकाे शुभारम्भ बाँगी स्वास्थ्य चाैकीबाट गरेकाे हो । चिकित्सक सहितकाे याे घुम्ती स्वास्थ्य सेवा पालिका भित्रका सबै स्वास्थ्य संस्थाबाट प्रदान हुने भएको हो। वडा अध्यक्ष तिलक मिश्रले बाँगी तथा मालारानीको स्वास्थ्य सेवाको बिकास र बिस्तारमा लागि रहेको बताएका छ्न। गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि संचालन गरिएको ग्रामीण अल्ट्रासाउण्ड सेवाले धेरै लाई लाभदायक हुने वडा अध्यक्ष मिश्रले बताए । वडा अध्यक्ष मिश्रले आफूले चुनावमा घोषणा गरेअनुसार बाँगीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पु-याउने…

Read More

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका पाँच जना पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपर्यन्त) लाई जनही ५० हजार रुपैंया नगद पुरस्कार र सम्मान पत्र सहित दोसल्ला ओढाएर मुख्यमन्त्री केसीले सम्मान गरिएका हुन् । त्यस्तै रुपन्देहीकी सञ्जु पौडेल, कपिलबस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।…

Read More

कमला घिमिरे , अर्घाखाँची । पाणिनी गाउँ पालिका-४ पटौटी र खिदिममा बादरको आतंक बाट अन्नबाली जोगाउन समस्या देखिएको छ । मैदान,पटौटी,खिदिमका किसानहरू समुह बनाइ दिनभरजसो ड्युटीमा रहेका देखिन्छन् भने यस्तै अवस्था यथावत् रहेमा अथवा स्थानीय निकायबाट बादर नियन्त्रणका बारेमा ठोस पहल नभएमा अन्नवाली जोगाउनै नसक्ने निष्कर्षमा किसानहरु पुगेका छन् । समस्याको समाधान गरिएन भने बादरको आतंककै कारण स्थानिय बासिन्दा बसाई सर्न बाध्य हुने छन् । खेतमा लगाएको बालिनालि र रुखका फलफुल मात्रै होईन पकाएको खाना र बजार बाट किनेर ल्याएका सामान समेत बादरले लग्ने गर्दा स्थानीय आतंकीत भएका छन् ।

Read More

तनहुँ । भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका छन् । उनले साथमा भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

Read More

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन्। दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Read More