काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा प्राचिन कलाकृतिहरू समावेश गरिएका तस्बिर सहितको नयाँ वर्ष २०८१ को क्यालेन्डर आइतबार सार्वजनिक गरेको हो ।
ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गर्दै कला संस्कृति जोगाउन सम्पुर्णको दाइत्यो रहेको बताउदै नयाँ वर्षको शुभकामना दिएका हुन् ।
नेपाल भर बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम रहेको बैंकले जनाएको छ ।