अर्घाखाँची ।
राष्टिय स्वतन्त्र पार्टी सन्धिखर्क नगरपालिकाको नगर सभापतिमा प्रकाशचन्द्र आचार्य चयन भएका छन् ।
सन्धिखर्कमा आज सम्पन्न भएको सन्धिखर्कको प्रथम नगर भेलाले आचार्यलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
केही दिनमै पदाधिकारी तथा सदस्यहरु चयन गर्नेगरी तत्कालको लागि भेलाले नगर सभापति मात्र चयन गरेको पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए ।
संगठन निर्माण तिव्र पारेको स्वतन्त्र पार्टी अर्घाखाँचीले जिल्लाका सवै स्थानीय तहहरुमा पालिका स्तरीय समिति निर्माण गरिएको जिल्ला सहयोजक
को हुन् आचार्य ?
त्रिभुवन बिश्वबिद्यालय अन्तरगतको आर आर क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका आचार्यसंग काठमाण्डौ तथा अर्घाखाँची जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा प्राध्यापन गरेको अनुभव छ । आचार्य हाल गौरिशंकर इङ्गलिस बोर्डिङ्ग स्कूलमा कोर्डिनेटरको रुपमा कार्यरत छन् ।
काठमाण्डौ म्यास रेपिड कन्सोर्टियमको म्यानेजर, गार्डेप (युरोपियन युनियन को प्रोजेक्ट ) युरोपियन डाईरेक्टरको सचिब हुदै विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी सस्थाको कार्यानुभब भएका आचार्य अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० का स्थाई बासिन्दा हुन् ।
अर्घाखाँची जिल्लामा रहेका विभिन्न सामाजिक क्षेत्रमा लामो समयदेखी सक्रिय रहेका ४० वर्षिय आचार्य अर्घाखाँचीमा बौद्धिक तथा शैक्षिक व्यक्तिको रुपमा परिचित छन् ।