अर्घाखाँची ।
अर्घाखाँचीमा एकीकृत समाजवादी “शुन्य ” जस्तै भएको छ ।
एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफ्नो उम्मेद्बारी निष्क्रिय भएको घोषणा गरेका छन ।
आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलनको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि गठबन्धनका उमेदवार पुष्पा भुसाल , प्रदेश (क) का सागर के.सी .र प्रदेश (ख)का कमल भुसाललाइ अर्घाखाँची बासिले मंसिर ४ को निर्वाचनमा मतदान गरि यो पुण्य महाअभियानलाई औपचारिकता दिने समेत बताए ।
एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफू “ब्याक” भएर पार्टीलाई “शुन्य ” जस्तै बनाएको कार्यकर्ताको अनुमान छ ।नेता चौहानले प्रदेश (क )मा आफुले दिएको उम्मेद्बारी निष्क्रिय पारी गठबन्धनका सागर के.सी . लाई समर्थन गर्ने घोषणा गरेका थिए ।