काठमाडौं– शनिवार काठमाडौमा भएको कार्यक्रम कांग्रस नेता लेखनाथ पोखरेलले संघीय सांसदको टिकटको लागि आफु अन्तिमसम्म प्रयास गर्ने र यदि टिकट नपाएमा जस्ले पाउँछ उसैलाई जिताउन लाग्ने उदघोष गरे । उनले तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा आफु प्रदेश सांसदमा चुनाव नलड्ने बताए । पोखरेल महिना दिनयता काठमाडौमा नेताकहाँ धाइरहेका छन् । उपसभामुख पुष्पा भुसाल चुनाव लड्छु भनेमा अरुले पाउने आशा छैन । भुसाल समानुपातिकतिर गएमा टिकट कस्ले ल्याउने भन्ने आँकलन गर्न सकिँदैन । भुसालले आफु नै उम्मेदवार बन्ने आफु निकटका कार्यकर्तालाई बताइएकी छिन् ।
५ दलीय गठबन्धन भएपछि चुनाव जित्न सकिने कांग्रेस नेताको छ । संघीय सांसदको टिकट माग्न लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) सुक्रवार नै काठमाडौ पुगेर शीर्ष नेताहरु भेटघाट शुरु गरेका छन् । जिल्लामा प्रभावशाली रहेका उनलाई उम्मेदवार बन्न ५ दलीय गठबन्धनकै दवाव रहेको छ । मुस्कान उम्मेदवार भएमा टोपबहादुर रायमाझीलाई सहजै हराउन सकिने गठबन्धनका जिल्ला र गाउँ स्तरीय नेताको भनाई छ ।
स्वच्छ छविका कांग्रेस नेता मुक्तिराम श्रेष्ठलाई संघीय सांसदमा अघि सार्नुपर्ने लबिङ पनि भैरहेको छ । जिल्ला पाटीमा निर्विविवाद श्रेष्ठलाई चुनाव जिताउन सजिलो हुने भन्दै एक समुह लागि परेको छ ।
पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसाल, डा. रामबहादुर विसी पनि टिकटका लागि दौडधुपमा छन् । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति विष्णुप्रसाद भुसाल, क्षेत्रीय सभापति राजेश पन्थी चुनावी माहोलका लागि काठमाडौं मै छन् ।
पूर्वजिल्ला सभापति कमलप्रसाद भुसाल पनि काठमाडौ आइपुगेका छन् । उनले प्रदेशसभा (ख) को लागि लबिङ गरेका छन् । महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारी महिना दिनदेखि काठमाडौमा नेताहरुलाई भेटघाट गरिरहेका छन् । हालसम्म शितगंगा क्षेत्रबाट सांसदमा उम्मेदवार नभएकाले यसपाली अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन ठूलो समुह लागि परेको छ । अधिकारी उम्मेदवार भएमा शितगंगाबाट राम्रो मत पाउन सकिने र भारी मतले जिताउन सकिने दावी छ ।
टिकट माग्न अर्घाखाँचीका कांग्रेस नेता काठमाडौमा
By नेपाल राज्य